• १ असोज २०८३, बिहीबार
  • ७ः४६ बिहान

देउवाले बोलाए काँग्रेस पदाधिकारी बैठक, जसपासँग आजै सत्तासमिकरणबारे छलफल

प्रकाशित मिति

२०७७ फाल्गुन २८ गते, शुक्रबार १२:४६

काठमाडौं: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । अपरान्ह ३ बजे पार्टीको आन्तरिक बैठक डाकेका हुन् । बैठकमा उनले आफूले चाल्न लागेको भावी नीतिबारे ब्रिफिङ गर्नेछन् ।

National Life

पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई ब्रिफिङ गरी सुझाव लिएलगत्तै देउवाले जनता समाजवादी पार्टीको नेतृत्वसँग भेटवार्ता गर्दैछन् । उनले अपरान्ह ४ बजे जसपासँगको बैठक बोलाएका हुन् ।
देउवा प्रधानमन्त्रीको दौडमा रहँदा सत्तासमिकरणका लागि जसपासँग कुराकानी गर्न लागेको बुझिएको छ । पछिल्लो समय जसपा प्रधानमन्त्री ओली, काँग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तानातानमा परेको छ ।

जसपाले सरकारमा जस्लाई समर्थन गर्छ उसैको सरकार बन्न सक्छ । जसपाभित्र ओली सरकारलाई समर्थन गर्ने या नयाँ सत्ता समिकरण बनाएर जानेबारे मतभेद छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया