‘डिसहोम गो’का प्रयोगकर्ताले ७० वटा टिभी च्यानल हेर्न पाउने
प्रकाशित मिति
२०७७ फाल्गुन २५ गते, मंगलवार ०५:४४
काठमाडौँ: डिशहोमले अब ७० वटा च्यान थप गरेको छ। कम्पनीले आफ्ना ग्राहकहरुलाई मोबाइलमै टेलिभिजन हेर्ने सुविधा ‘डिसहोम गो’ सुरु गरे यता २० वटा च्यानल मात्र संचालन भइरहेकोमा, अबदेखि ‘डिसहोम गो’ प्रयोगकर्ताहरुले ७० वटा च्यानल हेर्न मिल्ने गरी सेवा थप गरेको हो। यससँगै डिसहोम गो एपले भिडियो अन डिमाण्ड सेवा पनि सुरु गरेको छ।
जसमा आफूले चाहेको समयमा अंग्रेजी, हिन्दी तथा नेपाली सिरिज, फिल्म, सर्ट फिल्महरु हेर्न सकिनेछ। कम्पनीले आफ्नो डीटीएच सेवा प्रयोग गरिरहेका ग्राहकहरुलाई इन्टरनेटमार्फत मोबाइलमै टेलिभिजन हेर्न दिने गरी केही समयअघि नै ‘डिसहोम गो’ मोबाइल एप ल्याएको थियो।
कम्पनीले सेट टप बक्समा उपलब्ध टेलिभिजन च्यानलहरुलाई इन्टरनेटको ओटीटी प्रविधिमार्फत मोबाइलमा उपलब्ध गराएको हो। कम्पनीका अनुसार यो एप प्रयोगका लागि थप कुनै शुल्क लाग्ने छैन। डिशहोम प्रयोगकर्ताले डीटीएच कनेक्सनको कस्टमर आईडी प्रयोग गरि निःशुल्क रुपमा यो सेवा प्रयोग गर्न पाउने छन्।








प्रतिकृया