६ विकेट लिएका सोनु देवकोटा प्लेयर अफ दी म्याच अवार्ड
प्रकाशित मिति
२०७७ फाल्गुन २५ गते, मंगलवार ०५:३७
काठमाडौँ:मेयर्स कप क्रिकेटमा बागमती प्रदेशले पहिलो जित हात पारेको छ। पारस खड्का, ज्ञानेन्द्र मल्लसम्मिलित बागमतीले मंगलबार भएको खेलमा शसस्त्र प्रहरी बल(एपीएफ क्लबलाई २७ रनले हरायो। पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ३३ रन जोडेको थियो। बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५७, नन्दन यादबले ६०, अदिल खानले ३४, इसान पाण्डेले ३१ र पारस खड्काले २९ रन बनाए।
एपीएफले ४४.५ ओभरमा सबै विकेट गुमाएर २ सय ६ रनमात्र जोड्न सक्यो । एपीएफविरुद्ध बागमतीका सोनु देवकोटा एक्लैले ६ विकेट लिए। रामनरेश गिरी र आरियो पौडेलले २र२ विकेट हात पारे। सोनुले १० ओभरमा ४१ रन खर्चिएका थिए। एपीएफका लागि आसिफ शेखले सर्वाधिक ५० रन जोडे। शंकर रानाले २९, अमर रौटेलाले २७ र सन्दिप जोराले २५ रन बनाए।
एपीएफले तीन खेल खेल्नेक्रममा पहिलो हार र बागमतीले तीन खेल खेल्नेक्रममा पहिलो जित हात पारेको हो। मंगलबार नै भएको अर्को खेलमा नेपाल पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले हरायो। पहिला ब्याटिङ गरेको आर्मी केवल ८७ रनमा समेटिएको थियो। आर्मीलाई सस्तोमा समेट्न सागर ढकालले पाँच, पवन सर्राफले तीन र ललित राजबंशीले दुई विकेट लिए। सागरले १० ओभरमा ४० रन खर्चिएका थिए, २ मेडनसहित।
पुलिसले १८.३ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। विजयी टोलीका सुनिल धमलाले ३९ र सर्राफले २२ रन बनाए। आर्मीका साहब आलम एक्लैले सात विकेट लिए। उनले ९ ओभरमा एक मेडन राखेर ४५ रन खर्चिएका थिए। तीन खेलपछि पुलिसको चार तथा आर्मीको २ अंक छ।







प्रतिकृया