• ९ असोज २०८३, शुक्रबार
  • १०ः२९ राती

विप्लवको सुरक्षामा गृहले खटायो १० प्रहरी टोली

प्रकाशित मिति

२०७७ फाल्गुन २५ गते, मंगलवार ०५:५२

काठमाडौँ: नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को सुरक्षालाई मध्यनजर गर्दै गृह मन्त्रालयले प्रहरी निरीक्षक इन्स्पेक्टरको कमान्डमा प्रहरी टोली खटाएको छ । दुई वर्षपछि गत शुक्रबार सार्वजनिक भएका विप्लव शान्ति प्रक्रियाबाट मूलधारको राजनीतिमा आएसँगै उनलाई सुरक्षा दिइएको हो ।

National Life

विप्लवको सुरक्षाको लागि इन्स्पेक्टरको कमाण्डमा १० जना प्रहरी टोली खटाइएको महानगरीय प्रहरी परिसर, काठमाण्डुका एसएसपी अशोक सिंहले जानकारी दिए ।

विप्लव सामाखुशीस्थित एक घरमा बस्दै आएका छन् । एसएसपी सिंहका अनुसार काठमाण्डुको हकमा परिसरले र बाहिरी जिल्लाको हकमा हेडक्वार्टरले सुरक्षा दिने व्यवस्था मिलाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया