• ९ असोज २०८३, शुक्रबार
  • ९ः५५ राती

भ्यु टावर घोटाला प्रकरणमा ठेकेदार मनोज भेटवाल पक्राउ

प्रकाशित मिति

२०७७ फाल्गुन २५ गते, मंगलवार ०६:०१

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरानो बसपार्कमा भ्यु टावर बनाउने ठेक्का पाएका मनोज भेटवाललाई पक्राउ गरेको छ। भ्यु टावर समयमा निर्माण नगरेको र घोटाला गरेको आरोपमा भेटवाललाई पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ।

National Life

समयभित्र भ्यू टावर बनाउने काम सम्पन्न नगरी घोटाला गरेको भन्दै उनीविरुद्ध ११ थान उजुरी परेको थियो । सोही प्रकरणमा अख्तियारले भेटवाललाई पक्राउ गरि उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ताको तयारी भइरहेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

यसअघि उनी बैंक घोटाला प्रकरणमा पनि पक्राउ परेका थिए। भेटवालविरुद्ध यसअघि राजश्व छलीको मुद्दासमेत दर्ता भएको थियो । तत्कालीन एपेन्स बैंकमा भएको कर्जा घोटाला प्रकरणमा समेत भेटवाल जोडिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले यो घटनाको अनुसन्धान गरेर मुद्दा दर्ता गरिसकेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया