• २९ भदौ २०८३, सोमबार
  • १०ः५७ बिहान

युरोपियन क्लबले खेलाडी रिलिज गर्न इन्कार गर्दा दक्षिण अमेरिकामा विश्वकप छनौट स्थगित

प्रकाशित मिति

२०७७ फाल्गुन २३ गते, आईतवार ०३:४७

काठमाडौँ: दक्षिण अमेरिकी फुटबल संघ कोनमेबोल ले विश्वकप छनौटका खेलहरू स्थगित गरेको छ । मार्च २५ देखि ३० सम्म हुने भनिएका दुई चरणका छनौट खेलहरू स्थगित गरिएको हो ।युरोपका धेरै क्लबले आफूसँग रहेका दक्षिण अमेरिकी खेलाडीहरूलाई रिलिज नगर्ने बताएपछि सन् २०२२ विश्वकपका लागि हुने छनौट खेलहरू अर्को मितिका लागि सारिएको हो ।

National Life

कोभिड–१९ का कारण लगाइएको क्वारन्टिन नियमले खेलाडीहरुको आवत जावतमा समस्या हुने म्यानचेस्टर सिटी, लिभरपुलल लगायतका क्लबले गुनासो गर्दै आएका थिए । ब्राजिल,अर्जेन्टिना लगायतका मुलुकबाट बेलायत प्रवेश गर्ने सबैलाई १० दिन क्वारन्टिनमा राखिने गरिएको छ । यस्तो नियमले खेलाडीहरूलाई असर गर्ने भएकाले लिभरपुल र म्यानचेस्टर सिटीले खेलाडी रिलिज नगर्ने अडान लिएका थिए । उता पेरिस सेन्ट जर्मेन पीएसजी ले पनि खेलाडी रिलिज गर्न ग्राहो हुने बताउँदै आएको थियो । कोभिड–१९ को कारण देखाउँदै फिफाले क्लबहरूलाई खेलाडी रिलिज गर्ने वा नगर्ने सम्बन्धि आफै निर्णय गर्न छुट दिएको छ ।

पूर्व तालिका अनुसार ब्राजिलले मार्च २६ मा कोलम्बिया र ३० मा अर्जेन्टिनाको सामना गर्दै थियो । तर ब्राजिल र कोलम्बियाबीच हवाई सेवा बन्द रहेको छ । दक्षिण अमेरिकामा कोभिड–१९ संक्रमण नियन्त्रणमा अझै आएको छैन । उता युरोपमा भने छनौट खेलहरू यसअघि नै अर्को मितिका लागि सारिएको थियो । कतिपय टिमले खेलस्थान नै परिवर्तन गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया