• ४ साउन २०८३, सोमबार
  • ७:३५ बेलुका

कांग्रेसले बोलायो संसदीय दलको बैठक

प्रकाशित मिति

२०७७ फाल्गुन १९ गते, बुधबार ०१:२९

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । २३ गते संसद बैठक बस्ने भएकाले संसदमा कसरी प्रस्तुत हुने भन्ने रणनीति  तय गर्न २१ फागुनमा दलको बैठक बोलाएको हो ।

प्रमुख सचेतक बालकृष्ण खाँणले संसदमा कसरी प्रस्तुत हुने भन्ने बारे छलफल गर्न बैठक डाकिएको जानकारी दिएका हुन । ‘संसद बैठक २३ गते बस्दै छ, सो बैठकमा हामी कसरी जाने भमन्ने विषयमा छलफल गर्न बैठक डाकेका छोँ,’ उनले भन कांग्रेसले संसदमा प्रधानमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव आएमामा कसरी जाने भन्ने विषयमा बैठकबाट ठोस निणर्य गर्ने भएको छ । काँग्रेसका केहि उच्चतहका नेताले अविश्वास प्रस्तावको पक्षमा निर्णय हुने बनाउदै आएका छन।

Kamana Sewa

‘यो अवस्था असंवैधानिक कदम अंगाल्ने पक्षलाई साथ दिने भन्ने त हुँदै होइन, तर नेकपा एउटै भएकाले के गर्ने भन्ने समस्यामा कांग्रेस छ, उनीहरु संसदमा कसरी आउछन्, त्यही अनुसार कांग्रेस अघि बढ्ने भन्ने छ,’ एक नेताले भने ।

Classic Tech Desktop

बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले वर्तमान राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्ने छन् । यसअघि पदाकिारी बैठकमासमेत देउवाले नेकपाका दुवै समूहबाट आएका सत्ता सहकार्यको प्रस्तावबारे जानकारी गराएका थिए ।

 

प्रतिकृया