• 4:07 pm

नेकपालाई फुटाउने हो भने दाहाल–नेपाल समूहसँग कांग्रेस सरकारमा जानुपर्छः महामन्त्री डा.कोइराला

प्रकाशित मिति

२०७७ फाल्गुन १९ गते, बुधबार १२:२७

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी नेकपा को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने बताएका छन् । पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल–नेपाल समूहले दर्ता गर्ने जानकारीसमेत दिएका छन् ।

कांग्रेस सरकारमा नजादा पन नेकपा विभाजन हुन्छ भने सरकारमा जानुको कुनैअर्थ नहुने समेत बताए । प्रतिनिधिसभाका सदस्य समेत रहेका डा कोइरालाले भने, “नेकपालाई फुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ। त्यसभन्दा पहिले नै फुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन ।” उनले सबैभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनुपर्ने जोड ददिै अविश्वासको प्रस्ताव दर्ता हुने जानकारी दिए ।”

प्रतिकृया