• ११ असोज २०८३, आइतबार
  • ९ः४३ राती

प्रचण्डलाई सूचना चुहाएको भन्दै गृहमन्त्रीले स्वकीय अधिकृत हटाए

प्रकाशित मिति

२०७७ फाल्गुन १६ गते, आईतवार ०३:१८

काठमाडौ : गृहमन्त्री रामबहादुर थापा बादलले एक जना स्वकीय अधिकृतलाई पदबाट हटाएका छन् ।प्रचण्ड–माधव नेपाल समूहलाई सूचना चुहाएको भन्दै गृहमन्त्री बादलले स्वकीय अधिकृत बीरु तामाङलाई हटाएका हुन् ।

National Life

गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले ३० माघ गतेबाट लागू हुने गरी तामाङलाई हटाइएको जानकारी दिए ।पूर्वमाओवादी कोटाबाट गृहमन्त्री बनेका बादल अहिले केपी शर्मा ओली खेमामा लागेका छन् ।

तामाङमाथि बादलमार्फत ओली समूहका सूचना प्रचण्ड समक्ष पुर्याउँदै आएको आरोप छ । उनले युवा संघको एकता भाँडेको भन्दै गृहमन्त्री बादलले उनलाई पदबाट हटाएका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया