• ११ असोज २०८३, आइतबार
  • ९ः१० राती

सुनको जलहरीले पशुपतिनाथको गौरव झन् बढेको छ: डा.मिलनकुमार थापा

प्रकाशित मिति

२०७७ फाल्गुन १६ गते, आईतवार ०८:११

काठमाडौं : पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा.मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने तर्क गर्नु कुतर्क भएको बताएका छन् ।

National Life

मातृभूमि न्यूजसँग उनले भने, ‘मान्छेलाई भ्रम परेको छ, यो प्राणप्रतिष्ठा हो भनेर । जब मन्दिर भत्किएर नयाँ बनाइन्छ वा जीर्णोद्धार गरिन्छ वा नयाँ मूर्ति राखिन्छ अनि प्राणप्रतिष्ठा गरिन्छ तर यो भगवानको आजको श्रृंगार भोलि उतारेजस्तै एउटा जलहरीको ठाउँमा अर्को राखिएको हो ।’

वर्षमा चारवटा नवरात्र हुन्छन् चैत्र नवरात्र, शारदीय नवरात्र, माघ र आषाढ शुक्लमा पर्ने गुप्त नवरात्र । अहिले माघ शुक्ल पक्ष हो, यसमा काम्यकर्मलाई वर्जित हुन्छ, नित्यकर्ममा वर्जित नभएको एक धर्मगुरुले पुष्टि गरे । जलहरी भगवान्लाई चढाइएको गहना हो यसमा प्राणप्रतिष्ठा गर्नुपर्ने जरुरी नभएकाले बेकारको तर्क गर्नुनपर्ने डा. थापाको तर्क छ ।

Classic Tech Mobile
Classic Tech Desktop

पशुपतिनाथमा गतवर्षदेखि नै महारुद्री गर्ने भनेर तयार गरिएको थियो । गत वर्षको चैत्र नवरात्रमा गर्ने भनिए पनि कोभिडका कारण स्थगित भएकाले गर्न सकिएको थिएन । आषाढ शुक्ल पक्षमा मूलभट्टले नै यसका लागि संकल्प गरेका थिए । यो नवरात्र सतचण्डी पनि गर्नका लागि रोजिएको कोषाध्यक्ष थापाले बताए ।

उनका अनुसार, भारतका वनारस र काशीका मन्दिरहरूमा पनि सुनकै जलहरी राखिएको छ । ‘विश्वनाथ मन्दिरमा त खम्बा नै सुनको छ, त्यहाँ पनि भगवानको पीठिका जलहरी मुकुट र पाउ पनि पूरै सुनैसुनको छ । भारतका तिरुपती र सोमनाथ मन्दिरमा त हीराकै मुकुट छ भने गुहावटीस्थित कामाख्या मन्दिरमा गजुर नै सुनैसुनको छ’, उनले भने, ‘नेपालमा त्यसमा पनि पशुपतिनाथ मन्दिरमा किन नहुने रु पुरातत्व विभागले मापदण्डविपरीत वा बिग्रिने गरी राखेको भए रोकिसक्थ्यो त्यो पनि छैन ।’

रणबहादुर शाहले तामाको जलहरी राखेकोमा श्री ५ महेन्द्रले चाँदीको फेर्न हुन्छ भने चाँदीको ठाउँमा सुनको राख्न नहुने कसरी हुन्छ भनी उनले प्रश्न गरे । जतिसक्यो राम्रो मन्दिर, मूर्ति बनाउने र सजाउने कुरा जताततैका मठमन्दिरका उदाहरण सबैसामू छर्लंग भएको उनले जानकारी दिए ।

पशुपतिनाथको मन्दिरमा सुपुष्पदेव नामका राजाले सुवर्ण सुन को छानो बनाएर चढाउनुभयो भन्ने कुरा त अभिलेख र वंशावलीहरुमा नै उल्लेख छ । ‘चढाउनै नहुने भए त्यतिबेला किन चढाइयो त्यो हुने यो नहुने भन्ने हुन्छ रु’डा.थापाले भने ।इतिहासविद् ज्ञानमणि नेपालको पुस्तक ‘दर्शन स्पर्शनमा समीक्षा’ मा पनि सुपुष्पदेवले पशुपतिको छानो सुनको बनाएर राखेको उल्लेख छ । कूलचन्द्र कोइरालाको ‘नेपालका आराध्यदेव भगवान् श्रीपशुपतिनाथ’ नामक कृतिमा पनि यस सम्बन्धमा उल्लेख गरिएको छ ।

डा. स्वामी प्रपन्नाचार्यको पुस्तक ‘६४ शिवलिंगको विश्लेषणात्मक अनुसन्धान’ मा लेखिएको छ, ‘शिवलिंग दुई प्रकारका हुन्छन्, प्राकृत र कृत ।’ मानवले निर्माण र प्राणप्रतिष्ठान गरी पूजन गरेको लिंग कृत हो भने प्रकृतिको गर्भभित्र भएका ढुंगाको शिवलिंग प्राकृत हो भनिएको छ । शिवलिंगको इतिहासका बारेमा स्कन्द पुराण केदारखण्डको ३१औं अध्यायमा १४ शिवलिंग पुज्ने गरिएको र तीमध्ये नौं नम्बरमा स्वर्णलिंग शब्द लेखिएको छ ।

प्रतिकृया