• ४ साउन २०८३, सोमबार
  • ७:११ बेलुका

पोखरा विमानस्थलमा रहेको डाँडा ६ महिना भित्र कटान गर्न निर्देशन

प्रकाशित मिति

२०७७ फाल्गुन १३ गते, बिहीबार ०६:५६

काठमाडौंः पोखरा विमानस्थल नजिकै रहेको रिठेपानी डाँडा सरकारलाई ६ महिना भित्र कटान गर्न संसदीय समितिले निर्देशन दिएको छ ।

संघीय संसद राष्ट्रिय सभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको बैठकले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन तथा अवलोकनको क्रममा देखिएका समस्याहरुका सम्बन्धमा सरोकारवालाहरुसँगको छलफल पछि निर्देशन दिएको हो ।

Kamana Sewa

समिति सभापति तारादेवी भट्टले डाँडा कटान भएको विवरण समितिमा पेस गर्न मन्त्रालयलाई निर्देशन दिएकी छन् । समितिको बैठकले विमानस्थल भित्र निर्माण गर्न लागिएको नेपाल आयल निगमको डिपो निर्माण कार्यपनि ६ महिना भित्र सम्पन्न गरी समितिमा जानकारी गराउन निर्देशन दिएको छ ।

Classic Tech Desktop

यस्तै पोखरा महानगरपालिकाको ल्याण्डफिल्ड साइट सार्ने सम्बन्धमा समितिले महानगरपालिकासँग छलफल गर्ने निणर्य समेत गरेको छ । समितिले विमानस्थल निर्माणका बाँकी रहेका सबै काम समयमै सम्पन्न हुने अपेक्षा समेत गरेको छ ।

प्रतिकृया