• 5:20 pm

सिड्नीमा कस्ले आन्दोलन गरिदेला भन्नेबारे बास्कोटालाई पीर

प्रकाशित मिति

२०७७ फाल्गुन १३ गते, बिहीबार ०६:३५

काठमाडौँः नेकपा ओली समूहका नेता गोकुल बास्कोटाले सामाजिक सञ्‍जाल ट्वीटरमा समसामयिक विषय र विपक्षीमाथि सामाजिक सञ्जालबाटै कडा टिप्पणी गरेका छन् । सञ्‍जालबाटै कडा व्यङ्ग्य गर्छन् । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सरकारइतरका दलहरूले प्रतिगमनको संज्ञा दिए । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने ओलीको निर्णयसमेत बदर गरिदिए ।

यही प्रतिगमन शब्दलाई उनले अस्ट्रेलियाले हालै ल्याएको सामाजिक सञ्‍जाल सम्बन्धी कानुनसँग दाजेर व्यंग्य गरेका छन् । सामाजिक सञ्‍जाल ट्वीटरमा बिहीबार अपरान्ह उनले अब सिडेनीमा प्रतिगमन रोक्न कसले आन्दोलन गरिदेला भन्दै व्यंग्य गरेका छन् ।

अष्ट्रेलियाले नेपालले अघिल्लोसाल नै ल्याउन खोजेको जस्तै समाजिक सञ्जाल सम्बन्धी कानुन पास गरेछ,’ उनले लेखेका छन्, ‘अब त्यहाँको नागरिक र आर्थिक स्वतन्त्रता अनि प्रतिगमन रोक्न सिड्नीमा कस्ले आन्दोलन गरिदेला रु आफ्लाई कस्तो पीर लागो बाई ,,

प्रतिकृया