प्रधानमन्त्री ओली आफुले खनेको खाल्टोमा आँफै परेः सांसद श्रेष्ठ
प्रकाशित मिति
२०७७ फाल्गुन १३ गते, बिहीबार ०४:०६

काठमाडौं: जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी समिति सदस्य तथा प्रतिनिधिसभा सांसद राजेन्द्र श्रेष्ठले हाल आएर प्रधानमन्त्री केपी शर्मा ओलीको भविष्य अध्याँरो सुरूङमा पसिसकेको टिप्पणी गरेका छन् । उनले भने, ‘उहाँ आफूले खनेको खाल्डोमा आँफै फसेका छन् ।
कालिदासले हाँगाँमा बसेर रुख काटेजस्तै, केपी ओली भनेको वर्तमान युगको कालिदास सावित भएको बताएका छन् । उनले भने मेरो विचारमा केपी ओलीजीको पार्टीको मान्यता समाप्त हुन्छ । उनले या त नयाँ राजनीतिक पार्टी गठन गर्नुपर्यो, या त राजनीतिबाट सन्याष लिनुपर्ने अवस्था आएको बताए । अलिकति पनि ईज्जत जोगाउने हो भने नैतिकताको आधारमा राजीनामा दिँदा राम्रो हुन्छ ।’
दाहाल–नेपालले आजको नयाँ परिस्थितिमा अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्ने कुरा राखेको पनि उनले बताएका छन् । श्रेष्ठले संसदमा दाहाल–नेपाल समूहले अविश्वासको प्रस्ताव राखेको अवस्थामा कसरी अघि बढ्ने भन्नेबारे जिज्ञासा राखेको बताएका छन् । समस्या टार्नको लागि, ओलीको कदम रोक्न त्यो कदम चाल्यौं ।
तर, उनीहरुले संसद् विघटन गरे । क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता श्रेष्ठले अब कसरी अघि बढ्ने ? भन्ने सन्दर्भमा आफूहरुले कांग्रेस र नेकपा–दाहाल नेपाल समूहलाई ठोस धारणा बनाउनको लागि सुझाव दिएको पनि सुनाए । कांग्रेस, नेकपा दाहाल–नेपाल समूह र जसपा तीन दलको संयुक्त रुपमा प्रधानमन्त्रीको उम्मेद्धवारको नाम अघि बढ्छ ? भनेर सोधिएको प्रश्नमा उनले भने–‘तीन दल हुन्छ कि कांग्रेस र नेकपामात्रै हुन्छ ? यो टुँग्गिएको छैन् ।
नेकपाको आन्तरिक विभाजन जो छ, कानूनी रुपमा पूर्णता पाओस् । तर, गठबन्धन चाहीँ प्राकृतिक हुनुपर्छ । अग्रगामी हुनुपर्यो । समृद्धि र सुशासनतर्फ जानेखालको हुनुपर्छ । विगतको समस्याहरूको एक–आपसमा बसेर समिक्षा गरौं । नयाँ आधारहरु कसरी बन्छ रु अनि मात्रै तय हुन्छ ।’
प्रतिकृया