• २७ भदौ २०८३, शनिबार
  • ८ः४८ राती

दुवै हातमा लड्डु’ भन्दाभन्दै देउवा अप्ठ्यारोमा

प्रकाशित मिति

२०७७ फाल्गुन १३ गते, बिहीबार ०३:५७

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको विभाजनपछि उत्साही बनेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्रबाट अप्ठ्यारोमा पर्न थालेका छन् । देउवालाई अहिले विभाजित नेकपाको दुवै समूहले तानातान गर्न थालेका छन् ।

National Life

प्रचण्ड र माधवकुमार नेपाल बुधबार बुढानिलकण्ठ पुगेरै देउवालाई सत्ता समिकरणको प्रस्ताव राख्न पुगे । प्रधानमन्त्री केपी शर्मा ओली पनि सत्ता छाड्नै परे प्रचण्ड र माधवकुमार नेपालभन्दा तेस्रो व्यक्तिको पक्षमा छन् । उनी देउवालाई नै चाहिरहेका छन् । अप्ठ्यारो पर्दा देउवाले साथ दिएकाले ओली उनीप्रति सकारात्मक छन् ।

नेकपाको दुवै समूहको रोजाइमा देउवा परिरहँदा पार्टीभित्र भने उनलाई अप्ठ्यारो परिरहेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षधरहरु पार्टी सरकारमा जान नहुने लाइनमा छन् । महामन्त्री डा। सशांक कोइरालाले अर्को चुनाव जितेर मात्र प्रधानमन्त्री बन्नेतर्फ सोच्न देउवालाई भनेका छन् । वरिष्ठ नेता पौडेल पनि पार्टी सरकारमा जान नहुने पक्षमा छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

देउवाले संसद पुनःस्थापनाको पक्षमा आफूलाई प्रस्तुत गरेका थिएनन् । उनी चुनावमा जोड दिइरहेका थिए । उनले नुवाकोट पुगेर गत हप्ता भनेका थिए,‘चुनाव भयो भने के हुन्छ रु त्यसैले चुनावका लागि तयार हुनुपर्छ ।’ देउवाको भुमिकाका कारण पनि उनलाई सरकारमा जानबाट रोक्न पार्टीभित्रका विरोधी समूह लाग्ने निश्चित देखिएको छ ।

काँग्रेस महाधिवेशन अबको ६ महिनाभित्र गर्नुपर्ने वाध्यकारी अवस्था छ । महाधिवेशन नगरे अहिलेको राजनीतिक दलसम्बन्धी व्यवस्थाले काँग्रेस नै खारेज हुनसक्छ । चुनाव वैशाखमा भएको अवस्थामा अध्यादेश ल्याउन लगाएर भएपनि महाधिवेशन सार्ने देउवाको चाहना पूरा हुनसक्थ्यो । अब उनीसामु महाधिवेशन गर्नुबाहेक विकल्प छैन ।

देउवाले प्रधानमन्त्री भएर महाधिवेशन गर्न सके जीत सुनिश्चित गर्ने आशा गरेको देखिन्छ । सत्ता र शक्तिको बलमा उनी पार्टी नेतृत्वमा पुनः पुग्ने सम्भावना पनि छ ।

त्यसकारण पनि देउवा सरकारमा जानबाट रोकिनसक्छन् । उनलाई पार्टीका प्रतिष्पर्धीहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा. सशांक कोइराला लगायतले सरकारमा जानबाट रोक्ने रणनीति बनाइसकेको देखिन्छ । यसकारण देउवा पार्टीभित्रैबाट अप्ठ्यारोमा छन् ।

 

 

प्रतिकृया