• ३० भदौ २०८३, मंगलबार
  • ६ः५५ बिहान

जनता समाजवादी र दाहाल-नेपाल पक्षबीच सत्ता समिकरणबारे वार्ता

प्रकाशित मिति

२०७७ फाल्गुन १३ गते, बिहीबार ०१:३०

काठमाडौँ: जनता समाजवादी पार्टीसँग नेकपा दाहाल-नेपाल पक्षले संयुक्त सरकार गठको विषयमा छलफल भएको छ । जसपाका नेताहरूले सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेका छन् ।

National Life

नेकपाको पार्टी कार्यालय कोटेश्वरमा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले जसपाका नेताहरुसँग बीहीबार छलफल गरेका हुन् । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ छलफलमा उपस्थीत थिए । जसपाका नेताका अनुसार कम्तीमा १ सय ६ सांसद दाहाल–नेपाल पक्षसँग हुन सक्ने अनुमान लगाएका छन् । छलफलमा नेता श्रेष्ठले दाहाल–नेपालले सरकार गठनमा सहकार्य गर्ने प्रस्ताव राखेका थिए।

नयाँ ढंगले वर्तमान परिस्थितिको समीक्षा गर्दै संयुक्त रुपमा अगाडि बढ्ने भन्दै कार्यकारिणी समिति सदस्य श्रेष्ठले प्रस्ताव राखेका हुन् । दाहाल–नेपालले राखेको प्रस्तावमा जसपा नेताहरुले केही सर्त राखेका छन् । पहिले गरेको आन्दोलनमा केहि समस्याहरु छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

संविधान संशोधनका मुद्दा छन् । भने एकआपसमा समस्या नआउने गरी सहकार्यका संस्कृतिहरु हुन्छन,’ नेता श्रेष्ठले भने, ‘नेकपा कानुनी रुपमा विभाजन भएको छैन । यी सबै कुराहरु पहिला बुझनुपर्छ भन्ने कुरा गर्यौं ।’

अध्यक्ष दाहालले जसपा नेताहरुको कुरा सुनेपछि ती विषयमा समीक्षा गर्दै नयाँ ढंगले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरु मिलेर जाने वातावरण बनाउन आग्रह गरेको श्रेष्ठले जानकारी दिए। दाहाल–नेपालले बुधबारमात्रै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सहकार्य गर्ने प्रस्ताव गरेका थिए ।

प्रतिकृया