• 1:39 am

भागरथी हत्या छानवीनमा खटिएका दूइ प्रहरीको एक तह बढुवा

प्रकाशित मिति

२०७७ फाल्गुन १३ गते, बिहीबार १२:४५

काठमाडौँ: बैतडीकी भागरथी भट्टको बतात्कार पछि हत्या भएका घटनाको बारेमा छानबिनमा खटिएका दूइ प्रहरीको एक तह बढुवा भएको छ ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दरबन्दी भएका प्रहरी सहायक निरीक्षक जवान नरबहादुर थापा र पदमबहादुर थापा लाई एक तह बढुवा गरिएको हो ।

घटना अनुसन्धानमा उनीहरुले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रधान कार्यालयले उनीहरूलाई बुधबार बढुवाको निर्णय गरेको एसएसपी वसन्तबहादुर कुँवरले जनाए । भागरथी भट्टको हत्यारा छानवीन गर्ने पाँच प्रहरी भने पुरस्कृत भएका छन् ।

बैतडी दोगडाकेदार गाउँपालिक-७ चडेपानीस्थित सनातन माध्यामिक विद्यालयमा अध्ययनरत १७ वर्षीया कीशोरी भागरथी भट्टको माघ २१ गते जबरजस्ती करणीपछि हत्या भएको थियो। प्रहरीले हत्यारालाइ १३ दिनमै पक्राउ गरेको थियो । हत्यारा भट्को आफ्नै नातेदार रहेका छन् ।

प्रतिकृया