काठमाडौं: बलिउड अभिनेत्री करिना कपूर दोस्रो पटक आमा बनेकी छन्। उनले आइतबार राती मुम्बईको एक अस्पतालमा दोस्रो सन्तानको रुपमा छोरालाई जन्म दिएका हुन्।
करिना कपुर र सैफ अलि खानबाट यसअघि एक छोरा छन्। करिना र सैफ फेरि आमा–बुवा बनेका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार करिनाका बुवा रणधीर कपूरले यसको पुष्टि गरेका छन्। आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको बताइएको छ।
पहिलो श्रीमती अमृता सिंहसँग सम्बन्धविच्छेद गरेका सैफले सन् २०१२ मा करिनासँग विवाह गरेका थिए। अमृता र सैफका सारा अलि खान र इब्राहिम गरी दुई सन्तान छन्।
सन् १९९१ मा विवाह बन्धनमा बाँधिएका अमृता र सैफ सन् २००४ मा छुट्टिएका थिए।
प्रतिकृया