• २ असोज २०८३, शुक्रबार
  • ६ः३७ बिहान

फेसबुक कसरी समाचारमा शक्तिशाली बन्यो ?

प्रकाशित मिति

२०७७ फाल्गुन ९ गते, आईतवार १२:५४

एजेन्सी: बिहीबार बिहान उठेपछि दशौँ लाख अस्ट्रेलियनले फरक स्वरुपको फेबसुक भेटे, जहाँ कुनै समाचार थिएन । मध्यराति, फेसबुकले अस्ट्रेलियन प्रयोगकर्ताहरुलाई आफ्नो सञ्जालमा समाचार शेयर गर्न वा हेर्न प्रतिबन्ध लगाएको थियो । टेक कम्पनीहरु समाचार सामाग्रीहरुका लागि पैसा तिर्नुपर्ने प्रस्तावित कानुनको जवाफमा यस्तो गरिएको थियो ।

National Life

फेसबुकले केवल केही वर्षमै आफुलाई त्यस्तो ठाउँका रुपमा स्थापित गरेको छ, जहाँ समाचार पढिन्छ वा हेरिन्छ । र, उसको यस्तो प्रभूत्वकै प्रभावमा केही न्युजरुमहरुको सम्पादकीय र जनशक्ती भर्ना गर्ने निर्णयमा प¥यो, जसकारण फेसबुकलाई ‘न्युजरुमको अनुपस्थित सम्पादक’ समेत भनियो । त्यसो भए विश्वकै एक ठूलो समाचार स्रोतका रुपमा फेसबुकले ठ्याक्कै कसरी आफ्नो ठाउँ बनायो ?

फेसबुक बन्यो अस्ट्रेलियाको मुख्य समाचार स्रोत

Classic Tech Mobile
Classic Tech Desktop

सर्वाधिक ठूलो नभएपनि कम्तिमा धेरै समाचार उपभोक्ताका लागि फेसबुक ठूला महत्त्वपूर्ण नेटवर्कमध्ये एक बनेको छ । अस्ट्रेलियामा म्यासेजिङ र समाचारका लागि यो सबैभन्दा ठूलो प्लेटफर्म हो । रोयटर्स इन्स्टिच्युटको रिपोर्टअनुसार ४० प्रतिशत अस्टेलियनहरुले समाचारका लागि २०१८ देखि २०२० सम्म फेसबुक प्रयोग गरेका थिए । तर, समाचारको धारातलमा यस्ता टेक कम्पनीहरुको प्रभूत्वलाई लिएर ठूलो चिन्ता छ । मिडिया र विज्ञापन क्षेत्रको प्रतिस्पर्धामा गुगल र फेसबुकको प्रभावलाई लिएर २०१८ मा अस्ट्रेलियन बजार नियामक संस्था अस्ट्रेलियन कम्पिटिसन एन्ड कन्जुमर कमिसशन ९एसीसीसी० ले छानविन गरेको थियो । छानविनअनुसार मिडिया क्षेत्रमा यी ठूला कम्पनीहरुले ठूलो शेयर र राजस्व सङ्कलन गरेका थिए । डिजिटल विज्ञापनमा अहिले खर्च भइरहेको प्रत्येक १ सय अस्ट्रेलियन डलरमध्ये ८१ डलर गुगल र फेसबुकलाई जान्छ ।

टेक कम्पनी र मिडियाबीचको यो असन्तुलनबीच प्रतिस्पर्धालाई खुला राख्न निश्चित मापदण्ड बनाउनुपर्ने सुझाव कमिसनले दिएको थियो । यो मापदण्डको मस्यौदाले समाचार सामाग्रीका लागि टेक कम्पनीहरुले पैसा तिर्नुपर्ने भनेको छ, यद्यपी कति तिर्ने भनेर खुलाइएको छैन । न्युज फिड र सर्च रिजल्टमा कसरी समाचार सामाग्री देखाउने भनेर टेक कम्पनीसँग सम्झौता गर्न पनि यस मापदण्डले सञ्चार गृहहरुलाई अनुमति दिन्छ ।

टेक कम्पनीहरुले न्युजरुमलाई उनीहरुको पत्रकारिताका लागि निश्चित रकम तिर्नुपर्ने तर्क सरकारले गरेको छ । अस्ट्रेलियाको समाचार उद्योग संघर्षरत छ भन्दै उसले यो बजार हस्तक्षेप र जनचाहना तथा प्रजातन्त्रका लागि शक्तिशाली मिडिया आवश्यक छ भन्ने पुष्टि गर्न खोजेको छ ।

यद्यपि, पैसा तिर्नुपर्ने कुनै पनि कानून र तर्क आफुलाई अमान्य हुने फेसबुकले जनाएको छ । यता, कानूनको विरोध गरेपनि गुगलले तीनवटा ठूला अस्ट्रेलियन सञ्चारगृहसँग दशौं लाख डलरको सम्झौता गरेको छ ।

परस्परको सम्बन्ध ?

समाचारका लागि फेसबुकमा ठूलो निर्भरता छ भन्ने स्पष्टै छ । तर, फेसबुक र सञ्चारगृहहरुको सम्बन्ध भने दुबै तरिकाले अघि बढ्छ । आफुसँगको सम्बन्धबाट मिडियाहरुले धेरै मुनाफा कमाएका छन् भन्ने फेसबुकको दाबी छ । ‘प्रकाशकहरुले स्वेच्छिक रुपमै फेसबुकमा समाचार हाल्छन्, यसले उनीहरुलाई आफ्नो सब्सक्रिप्सन बढाउने, आफ्ना दर्शक बढाउने र विज्ञापन बढाउने अवसर दिन्छ,’ अस्टेलियास्थित फेसबुकका स्थानीय म्यानेजिङ डाइरेक्टर विलियम इस्टोनले भने । अस्टेलियन न्युज साइटका लागि झन्डै ४ सय मिलियन अस्ट्रेलियन डलर मुल्यबराबर फेसबुकले संकलन गरिदिएको उनको दाबी छ ।

तर, रोयटर्सको रिपोर्टअनुसार मानिसहरुले सामाजिक सञ्जाल प्रयोग गर्नुको एउटा मुख्य कारण समाचार हेर्नु हो र समाचारका लागि फेसबुक सबैभन्दा ठूलो सामाजिक सञ्जाल हो । न्युजरुमहरुले आफ्ना दर्शक-पाठकलाई बेवास्ता गर्न सक्दैनौं भनेका छन् । यद्यपी, फेसबुकले सक्रिय रुपमा न्युज साइटहरुलाई वर्कसप आयोजना गर्न प्रेरित गरेको पत्ररकारहरु बताउँछन्, रिपोर्टर र सम्पादकहरुलाई कसरी फेसबुक राम्रोसँग चलाउने भनेर तालिम दिन यस्ता वर्कसप भएका थिए । तर, यहाँ पारदर्शीताको सवाल जोडिएको छ भन्ने चाडैं स्पष्ट भयो ।

समाचार प्रकाशकहरुलाई कुनै सूचना नदिइ फेसबुकले निरन्तर आफ्नो सफ्टवेयरमा परिवर्तन गर्याे । उसले आफ्नो न्युज फिड अल्गोरिथममा बारम्बार परिवर्तन ल्यायो । एक सम्पादकका अनुसार केही पोस्टहरु पाठकसमक्ष कम हेर्न मिल्ने बनाइयो वा न्युज फिडलाई नियन्त्रित गर्ने काम भयो । फेसबुक न्युजरुमको ‘अनुपस्थित सम्पादक’ बन्यो, जसले तत्कालै सम्पादकीय परिवर्तनलाई नियन्त्रण गर्नसक्थ्यों ।

‘गोलपोस्ट सार्ने काम’

‘अल्गोरिथमिक परिवर्तन कुनै पूर्व चेतावनी, पूर्वदृष्टि वा पूर्व कारण बिना नै गरिएको थियो । यो निकै तनावपूर्ण थियो,’ न्युज कर्प अस्ट्रेलियाका पूर्वसोशल मिडिया एडिटर ओसाबेले ओडरवर्गले बीबीसीसँग भने, ‘यसले हाम्रो ट्राफिकलाई असर ग¥यो र यो साँच्चै दु: खद् थियो । सामाजिक सञ्जाल समुदायले यस परिवर्तनको कारणबारे फेसबुकबाट जवाफ आउने प्रतीक्षा गरेको थियो, यद्यपि उनीहरुले सधैं यस्तो कारण विस्तृतमा भन्दैनन् । शक्ति सन्तुलन कस्तो थियो भन्ने विषय सधैँ अस्पष्ट रहँदै आएको छ ।

बीबीसीले यसबारे अन्य विभिन्न स्थानीय सञ्चारगृहका रिपोर्टरहरुसँग पनि कुराकानी गरेको थियो, उनीहरुले आफ्नो नाम नबताउन भने ।

अस्ट्रेलियाको एउटा ठूलो रेडियो सञ्जालका पत्रकारले बीबीसीसँग भने कि यस्तो कार्यले उनीहरुलाई ‘गोल पोस्ट परिवर्तन भइरहेजस्तो’ लाग्छ । हरेक वर्ष वा दुुई वर्षमा फेसबुकलाई के गर्दा राम्रो हुन्छ भन्ने कुराले प्राथमिकता परिवर्तन भइरहन्छ । ‘सारमा, ठूलो कुरा कुन सञ्चारगृह फेसबुक अल्गोरिथममा झुन्डिन र आफ्नो सफलतालाई फेसबुकमार्फत मापन गर्न इच्छुक रहन्छ भन्नेमा निर्भर गर्छ,’ उनले भने।

जब फेसबुकले भिडियोलाई प्राथमिकता दिने निर्णय गरेको थियो, तब न्युजरुममा कस्तो परिवर्तन भएको थियो भन्ने विषयलाई तीनवटै रिपोर्टरले नोट गरेका थिए। न्युजरुमहरुले भिडियो प्रोड्युसर भित्र्याउने वा जागिर गरिरहेका पत्रकारहरुलाई भिडियो कला सिकाउने हतारो देखाएका थिए । अनलाई स्टोरी र सामाजिक पोस्टका लागि ‘आकर्षक’ हेडलाईन लेख्ने डिजिटल प्रोड्युसरहरुको माग उच्च भएको थियो ।

‘हामीलाई भनिएको थियो कि अडियो स्टोरीले सामाजिक सञ्जालमा कामा गर्दैन । त्यसैले तिमीहरुले धेरै शेयर गराउनका लागि आफ्ना सामाग्रीहरुलाई डिजिटल आलेखका रुपमा लेख्नुपर्छ, तर लगत्तै यसका लागि भिडियो पनि आवश्यक भयो,’ रेडियो पत्रकारले भने,‘र कहिलेकाँही यस्तो लाग्थ्यों कि यदी अल्गोरिथम सुहाउँदो भएन भने तपाईले जतिसुकै राम्रो स्टोरी लेखेपनि अर्थ छैन ।’

सञ्चारगृह सर्वोच्च रहेन

समाचार उद्योगको भविष्यबारेको चिन्ता न्युजरुम बाहिरका विज्ञहरुले पनि व्यक्त गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयको रोयटर्स इन्स्टिच्युटका रसमस नेल्सेनका अनुसार फेसबुकको ‘फिड’ फम्र्याटले विश्वसनिय रिपोर्टिङ र हल्लाबीचको भिन्ततालाई मेट्ने काम गरेको छ।

तर यहाँ फाइदा पनि छन् ।

नेल्सनका अनुसार फेसबुकले धेरैभन्दा धेरै मानिसलाई समाचारसँगको सम्पर्कमा आउने प्लेटफर्म उपलब्ध गराएको छ । यदी मानिसहरुले समाचारको खोजी गर्दैनन् भने पनि उनीहरु यसको सम्पर्कमा आइपुग्छन् । यसले समाचारको वातावरण पनि बनाइदिएको छ, यसमा स्थापित मिडियाले निरन्तर उपेक्षा गरिरहेका समुदायको प्रतिनिधित्व रहेको नेल्सनले बताए ।

रोयटर्स इन्स्टिच्युटको अध्ययनअनुसार झन्डै आधा इन्टरनेट प्रयोगकर्ताहरु सक्रिय रुपमा समाचार सामाग्रीको खोजी दैनिक गर्दैनन्, यसबारे मिडिया उद्योगले ध्यान दिएको थिएन । नेल्सन यस तर्कमा सहमत छन् ।

अबको चुनौती कसरी मानिसहरुलाई आबद्ध गराउने, सुचना दिने र उपभोक्ताको लागि मुल्य सिर्जना गर्ने भन्ने हो । ‘जब संरचनात्मक रुपमा तपाईं अब मानिसको ध्यान खिच्ने वा पहुँचमा पुुग्ने पहाडको राजा हुुनुहुन्न, बरु यसका लागि तपाईले विभिन्न सुरुङमा अन्य धेरै कुरासँग लड्नुपर्छ, जब पत्रकारिताभन्दा बाहिर मानिसहरुले तर्कसंगत र उपभोगी कुरा भेट्छन् भने यसको अर्थ के हुन्छ ?,’ नेल्सनले भने ।

स्रोतः बीबीसी

प्रतिकृया