• 10:26 pm

यूएईको विमानस्थलमा कडाइ, फर्किने जहाज टिकट नभएमा प्रवेश नदिने

प्रकाशित मिति

February 21, 2021

काठमाडौं: खाडी मुलुक यूएईले भिजिट भिसामा कडाइ शुरु गरेको छ। यूएईले दुवई अन्तर्राष्ट्रिय विमानस्थल, र अल मोक्तुम अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशबाट भिजिट भिसामा गएका नागरिकहरुलाई राउण्ड ट्रिप टिकट अर्थात फर्किने जहाज टिकट नभएमा प्रवेश नदिने नयाँ निर्देशन जारी गरेको छ।

खासगरी यूएई भ्रमणमा जाने भारतीय र पाकिस्तानीहरुसँग राउण्ड ट्रिप जहाज टिकट नपाइएका कारण उनीहरुलाई यूएई प्रवेशमा रोक लगाइएको छ। शनिबारसम्म ३ सय ८६ पाकिस्तानी फर्काइएका छन् भने १ सय ५२ जना विमानस्थलमै रहेका छन्। त्यस्तै २ सय भारतीयहरु पनि विमानस्थलमै रोकिएको गल्फ न्यूजले उल्लेख गरेको छ।

राउण्ड टिकट बिना यूएई गएका पाकिस्तानीसँग होटल रिजर्भेसन र आफन्तको कुनै सम्पर्क वा रिफरेन्स नभएका कारण उनीहरुलाई विमानस्थलमै रोकिएको हो। विमानस्थलमा खाना र पानी दिइएको बताउँदै दुवई अध्यागमन अधिकारीहरुले राउण्ड टिकटको प्रवन्ध गर्न नसक्नेहरुलाई सम्बन्धित विमानबाटै स्वदेश फर्काइने बताएका छन्।

 

प्रतिकृया