नेपाली सेनाका सेनानी, महासेनानी र प्रमुख सेनानीको बढुवा
प्रकाशित मिति
२०७७ फाल्गुन ७ गते, शुक्रबार ०५:३४
काठमाडौंः नेपाली सेनाका सेनानी, महासेनानी र प्रमुख सेनानीको बढुवागरेको छ । सरकारले सेनानी ध्रुवराज दाहाललाई प्रमुख सेनानीमा बढुवा गरेको छ । सेनाका पाइलट प्रमुख सेनानी प्रताप बहादुर बोहरालाई पाइलट महासेनानीमा बढुवा गरेको छ । प्राविधिक महासेनानी रत्ना अधिकारी तथा प्राविधिक महासेनानी डा.अनु गुरुङ प्राविधिक सहायक रथी दर्जामा बढुवा भएका छन् ।
प्राविधिक प्रमुख सेनानी डा. सागर राजकर्णीकार र प्राविधिक प्रमुख सेनानी डा. कुमार रोकालाई प्राविधिक महासेनानीमा बढुवा गर्ने निर्णय गरेको छ । त्यस्तै नेपाली सेनाका प्राविधिक सहायक रथी डा. सुशिल बहादुर रावलको राजीनामा स्वीकृत भएको छ ।
माघ २९ गतेबसेको मन्त्रिपरिषद्को बैठकले सेनानी दाहाललाई सेनानी दर्जाको उमेरको हदले अवकाश हुने मिति फागुन १८ गतेभन्दा एक महिना अगाडिदेखि लागू हुनेगरी प्रमुख सेनानीमा बढुवा गर्ने निर्णय गरेको हो ।








प्रतिकृया