• २१ असोज २०८३, बुधबार
  • ४ः१९ बिहान

पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा जसपाद्वारा ग्यास सिलिण्डरसहित प्रदर्शन

प्रकाशित मिति

२०७७ फाल्गुन ५ गते, बुधबार ०३:३५

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध ग्यास सिलिण्डरसहित प्रदर्शनमा उत्रिएको छ।

National Life

जसपाले बुधबार माइतीघर मण्डलामा प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरुले ग्यास सिलिण्डरका साथै थाल र चम्चासहित प्रदर्शन गरेका हुन्।

नेपाल आयल निगमले माघ २८ गते पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको थियो। निगमले त्यतिबेला पेट्रोल, डिजेल र मट्टितेलमा समान दुई रुपैयाँ र एलपी ग्यासमा २५ रुपैयाँ मूल्यबृद्धि गरेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसको एक साता नबित्दै निगमले दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ। निगमले मंगलबारदेखि फेरि पेट्रोल, डिजेल र मट्टीतेलमा थप दुई–दुई रुपैयाँ मूल्य बढाएको हो।

यस्तै प्रदर्शनका क्रममा जसपाले महिला हिंसा अन्त्य गर्न माग गरेको छ।

 

प्रतिकृया