चाँगुनारायण नगरपालिकाको भवन शिलान्यास
प्रकाशित मिति
२०७७ फाल्गुन ४ गते, मंगलवार ०४:५६
काठमाडौं: भक्तपुर चाँगुनारायण नगरपालिकाले रु ४१ करोडको लागतमा वडा नं ५ स्थित घुमाउनेमा सुविधा सम्पन्न अत्याधुनिक नयाँ भजन निर्माण गर्ने भएको छ। यहाँको सार्वजनिक रुपमा रहेको ३० रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त भवनको आज जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल र चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले संयुक्त रुपमा शिलान्यास गरेका छन्।
नगरपालिकाको प्रशासनकी भवन, सेमिनार हल, एमओइसी भवन, ६ वटा सहायक भवन, क्यान्टिन, गार्ड घर, नगरपालिकासम्म आउने भित्री बाटोको निर्माण हुने भएको छ। कूल रु ४१ करोड ३४ लाख, २५ हजार ३७२ को लागतमा निर्माण हुने उक्त भवन मध्ये कलात्मक र परम्परागत शैलीमा निर्माण हुने प्रशासनीक भवन ३ हजार ६४० स्क्वायरफिटमा ६ तल्लाको हुनेछ।
कार्यक्रममा नगरपालिकाका प्रमुख मिश्रले नगरपालिकाको नयाँ भवनका लागि रु ६० करोडको डिपिआर गरे पनि लागत घटाइएको बताउदै आवास र अतिथि ग्रहण भने हिलेको बजेटमा निर्माण नगरी दोश्रो चरणमा निर्माण हुने बताए। निर्माण हुने भवनमा ५०० जनशक्ति अट्ने क्षमताको सेमिनार हल निर्माण हुने बताउदै उनले भवनभित्र नगरपालिकालाई चाहिने सम्पूर्ण कार्यालय र शाखाका लागि पुग्ने गरी नै भवन निर्माण हुने समेत जनाएका छन्।
ठाउँ अभावमा फाइल हराउने गरेको, ठाउँ अभावमा कर्मचारी भ¥र्याङ्मा बसेर समेत काम गर्नु पर्ने अबस्था आएको र तीन वटा भवन भाडामा लिनु पर्ने समस्या नयाँ भवन निर्मणसंगै हट्ने उनको भनाई थियो। तत्कालिन उर्जा मन्त्रीले विद्युत प्राधिकरणमा रहेका खाली भवन नगरपालिकालाई दिने प्रतिवद्धता जनाए पनि प्राधिकरणले दिन नमाने पछि बाध्य भएर नयाँ भवन बनाउनु परेको बताए।
कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं नगर प्रमुखका प्रत्यासी राजाराम खड्काले नगरपालिकामा बेथिति रहेको, भ्रष्टाचारले प्रश्रय पाएको र कर्मचारीले फाइल नै गायब पार्ने गरेको आरोप लगाएका हुन्।








प्रतिकृया