• १८ असोज २०८३, आइतबार
  • ५ः०३ बिहान

थप १०५ जनामा कोरोना पुष्टि

प्रकाशित मिति

२०७७ फाल्गुन ४ गते, मंगलवार ०४:४३

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ९४५ पुगेको छ।

National Life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ९९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ३०३ पुगेको छ।

मन्त्रालयका अनुसार नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ। हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५५ पुगेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

देशभर १ हजार ५ सय ८७ सक्रिय संक्रमित रहेका छन्।

प्रतिकृया