• ११ असोज २०८३, आइतबार
  • २ः२९ राती

सुशान्तसँग काम गरेका सन्दीपले गरे आत्महत्या, यस्तो छ सुसाइड नोट

प्रकाशित मिति

२०७७ फाल्गुन ४ गते, मंगलवार १०:३९

काठमाडौं: बलिउड अभिनेता सन्दीप नाहारको मुम्बईमा निधन भएको छ। उनले मुम्बईस्थित गोरेगाउँमा आफ्नो घरमा कथितरुपमा झुन्डिएर आत्महत्या गरेका हुन् । प्रहरीले यस विषयमा छानबिन गरिरहेको छ।

National Life

क्रिकेटर महेन्द्रसिंह धोनीको जीवनीमा आधारित चलचित्र ‘एमएस धोनी द अन्टोल्ड स्टोरी’ मा सन्दीपले सुशान्तसिंह राजपूतको साथीको भूमिका निभाएका थिए । यसको अलावा चलचित्र ‘केसरी’ मा अक्षय कुमारसँग बट्टा सिंहको भूमिकामा देखिएका थिए । त्यस्तै, उनले वेबसिरिज ‘कहने को हमसफर’ मा पनि काम गरेका थिए।

घटनाको केही घण्टाअघि उनले आफ्नो फेसबुक पेजमा एक सुसाइड नोट पोष्ट गरेका थिए। जसमा उनले लेखेका थिए, ‘अब जिउने इच्छा नै छैन।’

Classic Tech Mobile
Classic Tech Desktop

त्यसको साथै उनले फेसबुकमा १० मिनेटको भिडियो पोष्ट गरेका छन् जसमा उनले पारिवारिस समस्या र वैवाहिक जीवनसँग जोडिएका अप्ठ्याराको बारेमा बताएका छन्। भिडियोमा उनले भनेका छन्, ‘अवस्था यति खराब भइसकेको छ कि म सहन गर्न सकिरहेको छैन।’

 

प्रतिकृया