• १० असोज २०८३, शनिबार
  • ११ः०३ राती

प्रधानमन्त्री ओलीले गरे धरहराको अवलोकन

प्रकाशित मिति

२०७७ माघ ३० गते, शुक्रबार ०५:४८

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयसीमाभित्रै धरहराको पुनर्निमाण हुने विश्वास व्यक्त गरेका छन। बिहीबार निर्माणधिन धरहराको अवलोकन भ्रमण गदैं ओलीले धरहरा निर्माण समयमा नै हुने विश्वास व्यक्त गरेका हुन । अवलोकनका क्रममा  निर्माण कार्य सन्तोषजनक रहेको बताए ।

National Life

धरहराको तल्लो भागको निर्माणको योजनाका बारेमा पनि जानकारी लिएका थिए । त्यस्तै उनले धरहरालाई ऐतिहासिक स्थल बनाउनका लागि जोड दिएको राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीकाअनुसार हालसम्म धरहराको २१ तल्लाको निर्माण सकिएको छ भने बाँकी दुई तल्ला पनि चैत्र महिनाभित्र सम्पन्न हुनेछन् । उनले सर्वसाधारणलाई २० औं तल्लाबाट भ्यु हेर्न पाउने व्यवस्था गरिने बताए । अन्य निर्माणका कार्य पनि तीव्र ढंगले अघि बढेको उनले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

बिहीबार नै प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको पनि अवलोकन गरे । विनासकारी भूकम्पले प्रधानमन्त्री कार्यालयमा निकै असर परेको थियो । हाल उक्त कार्यालयको निर्माण सकिएको र फाल्गुन ३ गते उद्घाटन गरिने ज्ञवालीले जानकारी दिए ।

 

 

प्रतिकृया