मन्देकाजी प्रहरी सहायक निरीक्षकमा बढुवा
प्रकाशित मिति
२०७७ माघ २९ गते, बिहीबार ०६:२८
काठमाडौं- राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६५ औं वार्षिक महोत्सवको अवसरमा बिहीबार स्वर्णधारी मन्देकाजी बढुवा भएका छन् । १३ औं दक्षिण एसियाली खेलकुद साग का दोहोरो स्वर्णधारी करातेका मन्देकाजी श्रेष्ठ प्रहरी सहायक निरीक्षकमा बढुवा भएका छन् ।
नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले मन्देकाजीलाई प्रहरी सहायक निरीक्षकको दर्ज्यान्ही चिन्ह प्रदान गरे । मन्देकाजीलाई दर्ज्यान्ही चिन्ह प्रदान गरेपछि महानिरीक्षक क्षेत्रीले नेपाल प्रहरीले देशलाई दिएको योगदानको सँधै सही मुल्यांकन गर्ने गरेको र आगामी दिनमा पनि खेलाडीहरूलाई यसरी नै प्रोत्साहन गर्ने बताए ।
मन्देकाजीले १३ औं सागमा एकल र टिम कातामा गरी दुई स्वर्ण जितेका थिए ।गत वर्ष बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा भने मन्देकाजीले एकल कातातर्फ कास्य र टिम कातामा स्वर्ण पदक जितेका थिए ।
गत महिना मन्देकाजीले ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत उत्कृष्ट वर्ष पुरुष खेलाडीको अवार्ड जितेका थिए ।








प्रतिकृया