• १२ असोज २०८३, सोमबार
  • १२ः३७ राती

काँग्रेसद्वारा झाँक्रीलाई रिहा गर्न माग -विज्ञप्तिसहित

प्रकाशित मिति

२०७७ माघ २९ गते, बिहीबार ०५:५१

काठमाडौं- नेपाली काँग्रेसले नेकपा प्रचण्ड–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ । काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जारी गर्दै संविधानले सुरक्षित गरेको अभिव्यक्ति स्वतन्त्रताको मर्यादा राख्न नेकपाको दुबै पक्षलाई आग्रह गर्दै अभिव्यक्तिलाई नै राज्य विरुद्धको अपराध करार गरेर अधिनायक चिन्तन साथ प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई सजग गराएका छन्।

National Life

संविधानले सुरक्षित गरेको अभिव्यक्ति स्वतन्त्रताको मर्यादा राख्न हामी दुवै थरिलाई आग्रह गर्दछौं । साथै एकपक्षीय रूपमा पूर्वाग्रहपूर्ण ब्यवहार गरेर अभिव्यक्तिलाई नै राज्य विरुद्धको अपराध करार गरेर अधिनायक चिन्तन साथ प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई सजग गराउँदछौं’ शर्माको विज्ञप्तिमा भनिएको छ ।

शर्माले पछिल्लो समय नेपाली राजनीतिमा बढ्दै गएको उत्तेजक अभिव्यक्ति र व्यवहारको शृङ्खलाप्रति चिन्ता समेत प्रकट गरेका छन् । खासगरि नेकपाका दुई समुहको नेतृत्व पंक्तिबाट व्यक्त हुँदै आएका कतिपय अभिव्यक्ति सभ्य र सुसंस्कृत समाज अनुकुल नरहेको काँग्रेसको ठहर छ ।

Classic Tech Mobile
Classic Tech Desktop

‘अहंकारयुक्त, अमर्यादित र अशोभनीय अभिव्यक्तिहरु जो जसबाट प्रकट भएका हुन् सबै आलोच्य छन् । यस्ता अभिव्यक्तिले त्यस्ता दल र ब्यक्तिप्रति समाजमा नकारात्मक प्रभाव त पार्छ नै सिंगो राजनीतिप्रति वितृष्णा जन्माउन योगदान गर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस संयमपूर्वक यसको समाधान पहिल्याउन अपील गर्दै नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई अविलम्ब रिहा गर्न माग गर्दछ ।’

राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा झाँक्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिकृया