• १० असोज २०८३, शनिबार
  • ९ः३४ राती

लेवान्डोस्कि चुक्दा वायर्नको साँघुरो जित

प्रकाशित मिति

२०७७ माघ २४ गते, शनिबार १०:४६

काठमाडौं: वायर्न म्युनिखले जर्मन बुन्डेसलिगाको खेलमा शेर्था बर्लिनमाथि १-० गोल अन्तरको जित हासिल गरेको छ ।

National Life

शुक्रबार राति सम्पन्न खेलमा वायर्नले घरेलु टोलि हेर्था बर्लिनलाई १-० ले हराएको हो।

हेर्थामाथिको जितमा वायर्नका किङ्गसले कोम्यानले गरेको एक मात्र गोल निर्णायक साबित भयो । उनले खेलको २१औं मिनटमा गोल गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि खेलको १२औं मिनटमा वायर्नले पेनल्टीको अवसर प्राप्त गरेको थियो । तर उक्त मौकामा रोवर्ट लेवान्डोस्कि चुक्दा वायर्नले खेलमा अग्रता बनाउने सुन्दर अवसर खेर फालेको थियो ।

खेल अवधिभर वायर्नले बल आफ्ना् पकडमा राखेपनि थप गोल भने गर्न असमर्थ रह्यो ।

जितसँगै २० खेलबाट ४८ अंक जोड्दै वायर्नले शिर्ष स्थानलाई कायम राखेको छ । यता हार बेहोरेको हेर्था १७ अंकका साथ १५औं स्थानमा छ ।

प्रतिकृया