• ११ असोज २०८३, आइतबार
  • १ः४७ राती

ओमानमा हुने त्रिकोणात्मक सिरिजका लागि ३२ खेलाडी बन्द प्रशिक्षणमा

प्रकाशित मिति

२०७७ माघ २३ गते, शुक्रबार १२:३१

काठमाडौं- आगामी मार्चमा हुने आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक सिरिजको लागि नेपाल क्रिकेट संघ क्यान ले प्रारम्भिक चरणमा ३२ खेलाडी छनोट गरेको छ।

National Life

क्यानले कप्तान ज्ञानेन्द्र मल्ल, पूर्वकप्तान पारस खड्कासहित ३२ खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो। ३२ खेलाडीमध्ये २१ खेलाडीले भने माघ २४ बाट सुरु हुने बन्द प्रशिक्षणमा भाग लिनेछन्।

प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनको आधारमा छनौट गगरिएको क्यानले जनाएको छ। पहिलो चरणको छनौटमा पृथु बास्कोटा, सौरभ खनाल, विक्रम सोब, राजेश पुलामी मगर, रोहित पौडेल, सुशान भारी, साहब आलम, सन्दीप जोरा छन्। त्यस्तै, कमलसिंह ऐरी, आसिफ शेख, सुनिल धमला, कुशल भुर्तेल, ललितनारायण राजवंशी, हरिशंकर साह, विवेक यादव, रामनरेश गिरी, अर्जुन कुमाल, कृष्ण कार्की, खड्ग बहादुर बोहरा, अजुज चुनारा र पवन सर्राफ छन्।

Classic Tech Mobile
Classic Tech Desktop

पहिलो चरणमा २१ खेलाडी क्याम्पमा हुँदा दोस्रो चरणमा भने ११ खेलाडी छन्। दोस्रो चरणको क्याम्पमा आबद्ध हुने खेलाडीहरुमा कप्तान, ज्ञानेन्द्र मल्ल, पूर्वकप्तान पारस खड्का, उपकप्तान दिपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, अविनाश बोहरा, आरिफ शेख, सोमपाल कामी, कुशल मल्ल, करण केसी, सन्दीप लामिछाने र विनोद भण्डारी छन्। आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक सिरिज आगामी मार्चमा ओमानमा हुँदैछ।

 

प्रतिकृया