प्रहरीको गोली चल्यो, नेकपा नेता झा घाइते
प्रकाशित मिति
२०७७ माघ २२ गते, बिहीबार ०३:२९
काठमाडौं: जनकपुरधाममा प्रचण्ड माधव समूहको जुलुशमा प्रहरीले हमला गरेको बताइएको छ। आज आम हड्तालको आह्वान गरेको सो समूहका कार्यकर्ताहरुले बजार बन्द गराउन हिँडेका र त्यस क्रममा प्रहरीसँग झडप भएको बाइएको हो।
प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको समाचारमा बताइएको छ। प्रहरीसँगको झडपमा परी नेकपाका प्रचण्ड नेपाल समूहका स्थायी समिति सदस्य रामचन्द्र झा घाइते भएको प्राप्त समाचारमा जनाइएको छ।

बजार बन्द गराउन जनकपुरधामको शिव चोक पुगेका नेता कार्यकर्ताहरूलाई प्रहरीले रोकेको थियो। त्यसपछि त्यहाँ झडप भएको थियो। यस क्रममा प्रहरीले गरेको लाठीचार्जबाट नेता झा घाइते भएका त्यहाँबाट प्राप्त भएको समाचारमा जनाइएको छ।

उनको टाउकोमा चोट लागेको बताइएको छ। झालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। यसैबीच नेकपाका नेता विष्णु रिजालले जनकपुमा जुलुशको पछिबाट प्रहरीले दर्जनौँ राउण्ड गोली हानेको जनाएका छन्।
उनले फेसबुक स्टाटसमा भनेका छन्, ुप्रहरीले त्यहाँ जुलुशको पछिबाट ५० औँ राउण्ड गोली चलाएको छ।




प्रतिकृया