• ४ साउन २०८३, सोमबार
  • ७:०५ बेलुका

जेफ बेजोसले अमेजनको प्रमुख कार्यकारीबाट राजीनामा दिदै

प्रकाशित मिति

२०७७ माघ २१ गते, बुधबार ०४:२४

काठमाडौं: अमेजनका संस्थापक जेफ बेजोजले कम्पनीको प्रमुख कार्यकारीबाट राजीनामा दिने भएका छन्।

३० वर्ष पहिले स्थापना गरेको अनलाइन केनमेल ‘जाइन्ट’ अमेजनको प्रमुख कार्यकारीबाट राजीनामा दिएर कार्यकारी अध्यक्ष बन्ने भएका हुन्।

Kamana Sewa

यसले आफ्ना अरु व्यवसायहरुमा ध्यान केन्द्रित गर्नका लागि समय प्रदान गर्ने बेजोसले जनाएका छन्।

Classic Tech Desktop

विश्वका धनी व्यक्ति बेजोसको स्थानमा एन्डी जेसी अमेजनको प्रमुख कार्यकारी बन्ने छन्। जिम्मेवारीको यो हेरफेर २०२१ को दोस्रो सत्रमा लागु हुने कम्पनीले जनाएको छ।

सन् १९९४ मा अनलाइन बुकसपका रुपमा स्थापना भएदेखि नै बेजोसले अमेजनको नेतृत्व गर्दै आएका थिए। ५७ वर्षका बेजोसले स्थापना गरेको अमेजनमा हाल विश्वभर १३ लाख भन्दा बढि कामदार छन्।

 

प्रतिकृया