आर्यनसँग रोमान्टिक हुदै उपासना
प्रकाशित मिति
२०७७ माघ २१ गते, बुधबार ०४:१२
काठमाडौं: नायक आर्यन सिग्देल र नायिका उपसना सिंह ठकुरीले चलचित्र ‘डिसेम्बर फल्स’को छायांकनमा लागि परेका छन्। चलचित्रमा आर्यन र उपासनाले एकसाथ काम गरिरहे पनि उनीहरुको एकसाथको तस्वीर भने सार्वजजिनक भएको थिएन। तर, आर्यनले उपासनासँगको रोमान्टिक तस्वीर शेयर गर्दै छायांकनका क्रममा रमाइलो भैरहेको उल्लेख गरेका छन्।
उनले लेखेका छन्–‘छायांकनको तेश्रो दिन। फेवातालको छेउमा निकै चिसो भैरहेको छ। तर, हामी छायांकनमा रमाइरहेका छौ।’ आर्यनले शेयर गरेको तस्वीरमा उनी उपासनासँग अंगालोमा बाँधिएका छन्। प्रविण झाले निर्देशन गरिरहेको यो चलचित्रमा लक्ष्मण रिजाल कार्यकारी निर्माताको रुपमा छन्।
चलचित्रले उमेर अन्तर भएका यूवा–यूवतीको प्रेमको कथा भन्छ। यो चलचित्रको कथा मनपरेपछि आफूले काम गरेको उपासनाले बताउँदै आएकी छिन्। नेपाली चलचित्र क्षेत्रमा आर्यनलाई रोमान्टिक नायकको रुपमा चिनिन्छ। उनै, रोमान्टिक नायकसँग उपासनाको जोडी कस्तो सुहाउने हो, यो चलचित्र रिलिज भएपछि मात्र थाहा हुनेछ।








प्रतिकृया