चोरी भएको जंगली जनावरको विभिन्न अखेटोपहार र विभिन्न अवैध लागूऔषध सहित १३ जना पक्राउ
प्रकाशित मिति
२०७७ माघ २१ गते, बुधबार ०३:३१
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं: महानगरपालिका गौरिघाटको विभिन्न स्थानबाट ३ केजी अवैध लागूऔषध पोल्यान्ड र नगद २० हजार २ सय ५० रुपैयाँ सहित सोही ठाउँ बस्ने ४० वर्षीय अम्मर बर्देवा लगायत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
झापा, दमक नगरपालिका ९ बुद्धटोलबाट २ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ, १ थान डिजिटल तराजु र ७ हजार रुपैयाँ सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० वर्षीय अजय राई र २५ वर्षीय बिकल बिशुङखे रहेका छन् । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले अजयको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।
कञ्चनपुर, बेलौरी नगरपालिका ७ टेडियाबाट १८ ग्राम ९ सय ३० मिलीग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने ४५ वर्षीय प्रभुराम चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
बर्दिया, मधुबन नगरपालिका ६ लठुवाघाटबाट ७ सय ३० मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हा । ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीबाट ११ किलो अवैध लागूऔषध गाँजा, ६७ हजार रुपैयाँ र २ हजार ५ सय भारतीय रुपैयाँ सहित पर्सा सखुवा पर्सौनी गाउँपालिका २ बस्ने ४१ वर्षीय राजेन्द्र बहादुर दमाईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले ना.२ ह ४१०९ नम्बरको अटोलाई जाँच गर्दा अटोमा सवार उनलाई उक्त लागूऔषध र नगद सहित पक्राउ गरेको हो।
सुनसरी, ईनरुवा नगरपालिका २ बलाहा नहरबाट २ सय ५० केजी अवैध लागूऔषध गाँजा सहित भोजपुर हतुवागडी गाउँपालिका ९ बस्ने २७ वर्षीय अर्जुन खड्का समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले को. १ च ९८५२ नम्बरको गाडी जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी चालक खड्का समेत २ जनालाई पक्राउ गरेको हो।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
तास खेलिरहेको अवस्थामा पक्राउ
काठमाडौं महानगरपालिका ९ सिनामंगलस्थित घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय प्रकाश घिमिरे लगायत १२ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी प्रभाग गौशलाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २८ हजार १ सय १० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
एकनाले भरूवा बन्दुक सहित पक्राउ
बझाङ्, छबिसपाथिभेरा गाउँपालिका ४ स्थित टिका सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक, बारुद, केप, छर्रा, १ वटा जंगली मरेको कालिज र १ थान हँसिया सहित सोही गाउँपालिका ३ बस्ने ४३ वर्षीय गणेश खवास र ५० वर्षीय निमु खवासलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी छबिस पाथिभेराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहातियार सहित फेला पारी पक्राउ गरेको हो।
सल्यान, कुमाख गाउँपालिका २ चोरगाँउस्थित गठ्ठा जङगलबाट एकनाले भरूवा बन्दुक मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ। अस्थाई प्रहरी पोष्ट नेटाबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुक फेला पारी बरामद गरेको हो।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
चोरी भएको जंगली जनावरको विभिन्न अखेटोपहार बरामद
पोखरा महानगरपालिका १५ टुटुङ्गास्थित वन विज्ञान अध्यन संस्थानको प्रयोगशालाबाट चोरी भएको ४ थान जंगली जनावर चितुवाको छाला, चितुवाको दाँतहरु, हाड अखेटाहरु, एकजोडी चितलको सिङ र अन्य हाड अखेटोपहार मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ।
उक्त प्रयोगशालाबाट माघ ९ गते राति जंगली जनावरको छाला तथा हाडहरु चोरी भएको घटनाको अनुसन्धान गर्न खटिएको स्थानीय प्रहरीले सोही महानगरपालिका १५ बनपाले जंगलको घाटको पंधेरोस्थित बोरा र झोलामा बेवारिसे अवस्थामा उक्त जंगली जनावरको अखेटोपहार फेला पारी बरामद गरेको हो।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।
सवारी दुर्घटनामा मृत्यु
झापा, बिर्तामोड नगरपालिका १ स्थित सडकमा ना.६ ख १५२० नम्बरको बसको ठक्करबाट पैदलयात्री बिर्तामोड नगरपालिका ६ बुटाबारी बस्ने ३२ वर्षीय सागर मिश्रको मंगलबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धनुषा, मिथिला नगरपालिका ६ बसिपुलस्थित सडकमा बा.१३ च ८०३८ नम्बरको स्कारपियो गाडीले ज.६ प २८३३ नम्बरको मोटरसाइकललाई मंगलबार बेलुका ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका ३ बस्ने २३ वर्षीय दिपेन्द्र महतोको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने २२ वर्षीय सुनिल लामाको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृत अवस्थामा फेला
पर्सा, वीरगंज महानगरपालिका ११ तेजार्थ टोल डेरा गरी बस्ने भारत घर भएकी २३ वर्षीया मनु थापा क्षेत्री आफ्नै कोठमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
दोलखा, कालिन्चोक गाउँपालिका ४ गुमुखोलास्थित तामाकोशी नदिको किनारमा गौरिशंकर गाउँपालिका ७ बस्ने ४० वर्षीय शिब भन्ने काशिनाथ खत्री मंगलबार मृत अबस्थामा फेला परेका छन्। यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नगद चोरी
काठमाडौं महानगरपालिका १० शंखमुलस्थित संसार सहकारी संस्थाबाट नगद २ लाख २४ हजार रुपैयाँ मंगलबार राति चोरी भएको छ।
चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
आगलागीमा परी मृत्यु
रावाबेसी गाउँपालिका ४ सिम्लेस्थित उत्तम मगरले टाँड छापी खर राखेको घरमा मंगलबार दिउँसो आगलागी हुँदा उनको ७ वर्षीय छोरा जेसेन मगरको सोही आगोमा जलेर मृत्यु भएको छ ।
स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








प्रतिकृया