• 6:44 pm

म्यानमारका बैंक तथा वित्तिय संस्थाहरू बन्द

प्रकाशित मिति

२०७७ माघ २० गते, मंगलवार ०७:१०

एजेन्सी-म्यानमारका बैंक तथा वित्तीय संस्थाहरू पनि बन्द भएका छन् । बैंकहरूको कार्यालय बन्द भएसँगै एटीएमले समेत काम नगरेको उपभोक्ताले जानकारी दिएका छन् ।

सेनाले नेताहरूलाई थानामा राख्दै सत्ता नियन्त्रणमा लिएको घोषणा गरेपछि बैंकहरूको सेवासमेत बन्द भएको हो ।सेनाले सत्ता नियन्त्रणमा लिएपछि इन्टरनेट सेवासमेत अवरुद्ध गरिदिएकाले पनि एटीएमले काम नगरेको हुनसक्ने उपभोक्ताको भनाइ छ ।

केही बैंकहरूले फेब्रुअरी १ देखि अनिश्चितकालसम्मका लागि बैंकको सेवा बन्द गरिएको सोमबार नै घोषणा गरेका छन् ।इन्टरनेट सेवा अवरुद्ध भएकाले बैंक बाहेक पनि अरु दर्जनौँ क्षेत्रमा असर परेको स्थानीयले बताएका छन् । सैन्य शासकहरूले सबैलाई सञ्चार सम्पर्क विच्छेद गराइदिएका छन् ।

प्रतिकृया