• 6:00 pm

चक्रपथमा सेनाको बख्तरबन्द गाडी, संयोग कि माघ १९ कै सम्झना

प्रकाशित मिति

२०७७ माघ २० गते, मंगलवार ०६:४४

काठमाडौंः नेपाली सेनाले काठमाडौं शहरमा सोमबार राति आफ्ना बख्तरबन्द गाडीहरुको मार्च पास गरेको छ । सोमबार राति १० बजे काठमाडौंको सीतापाइलाबाट बख्तरबन्द गाडीहरुले चक्रपथ परिक्रमा गरेको हो ।

सेनाको श्री युद्ध कवच गणको अगुवाईमा गरिएको मार्च पासको थियो जसलाई जनताले निकै रोचकताका साथ हेरेका थिए । नेपाली राजनीतिमा माघ १९ सँग नेपाली जनताको नमिठो जम्काभेट भएको इतिहास छ ।

राजा ज्ञानेन्द्र प्रजातान्त्रिक सरकार अपदस्थ गरेर आफ्नो हातका शासन लिँदा पनि यहि दिनलाई रोजेकाले संशय बढेको हो । यसअघि, माघ १८ गते नै सेनाले १९ गते गरिने यस्तो अभ्यासका बारेमा जानकारी दिएको थियो ।

 

 

प्रतिकृया