नबिल बैंकले साना उद्यमीहरुलाई सहयोग गर्ने
प्रकाशित मिति
२०७७ माघ १६ गते, शुक्रबार ०५:१६
काठमाडौं -नबिल बैंक र नेपाल महिला उद्यमी महासंघ बीच एक गैर नाफामुलक संस्थाको सदस्यहरुको आवश्यकता पुरा गर्न ब्याज अनुदान र लघु, साना तथा मझौला उद्यम कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।
रणनीतिक साझेदारीमा कोभिड १९ बाट प्रभावित लघु, साना तथा मझौला उद्यमहरुलाई नबिल बैंकबाट प्रदान लघु, साना तथा मझौला कर्जाले दिगो विकासको लागि वित्तीय आवश्यकता पुरा गर्न मद्दत पुयाउनेछ । यसका साथै ती उद्यमीहरुले महिला उद्यमी महासंघबाट वित्तीय सल्लाह र विकास सहयोग पाउने छन् । यस साझेदारअन्तर्गत नबिल बैंकले वित्तीय साक्षरता कार्यक्रम पनि सञ्चालन गर्ने योजना रहेको छ ।
नबिल बैंक एस.ई.का प्रमुख निरज कुमार बस्नेत डनिल र महिला उद्यमी महासंघका अध्यक्ष रीता सिम्हाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
साझेदारीको बारेमा बस्नेतले भने, “नबिल बैंकले महिला सशक्तिकरणलाई अत्यधिक प्रोत्साहित गर्दछ र महिला उद्यमीलाई दिगो उत्पादनमा बृद्धि र रोजगारी सिर्जनाका लागि आवश्यक सीप विकास गर्न सजिलै वित्तीय पहच प्रदान गर्दै महिलालाई सहयोग पुर्याउने कार्यमा अगाडि बढेको छ । हामीले महिला उद्यमी महासंघको सहकार्यमा विभिन्न प्रकारका बैंकिङ्ग सुविधा तथा ऋणकर्जाहरू प्रदान गर्ने उद्देश्य राखेका छौ ।”
महिला उद्यमी महासंघकी अध्यक्ष रीता सिम्हाले महिलाको पूर्ण सहभागिता बिना शान्ति, समृद्धि, प्रगति हुन नसक्ने भन्दै महिला उद्यमीलाई वित्तीय पहु“चका माध्यमबाट सहयोग गरेकोमा नबिल बैंकलाई धन्यवाद दिइन् ।






प्रतिकृया