आजदेखि थप २ स्थानमा ट्राफिक लाईटबाट सवरी व्यवस्थापन शुरु”
प्रकाशित मिति
२०७७ माघ १५ गते, बिहीबार १२:२२
काठमाण्डौँ: महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउदै आजवाट कृष्णपाउरोटी चोक र गैह्रिधारामा नयाँ ट्राफिक लाईट जडान गरी सञ्चालनमा ल्याईएको छ ।
महाशाखाले कृष्णपाउरोटी चोकमा प्राईम कमर्सियल बैंक लिमिटेड र गैह्रीधारामा सनराइज बैंकसँग समन्वय गरी नयाँ ट्राफिक लाईट जडान गरेको हो ।
नयाँ जडान गरिएको कृष्णपाउरोटी चोकको ट्राफिक लाईट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र प्राईम बैंकका एसिसटेन्ट जेनरल मेनेजर अनिता प्रधानले संयुक्त उद्घाटन गर्नुभयो भने गैह्रिधाराको ट्राफिक लाईट महाशाखा प्रमुख भट्टराई र बैंकका सिईओ जनक शर्मा पौडेलले गर्नुभएको हो ।
ट्राफिक प्रहरी महाशाखा र बैंकका पदाधिकारीहरु उपस्थित उक्त उद्घाटन कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले काठमाडौं उपत्यकामा भइरहेको चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिइदै आएको बताउनुभयो ।
हामी ट्राफिक व्यवस्थापनलाई प्रबिधि तर्फ लग्ने प्रयासरत छौ, यसको लागी सडक बिभाग बाहेक स्थानिय निकाय, बिभिन्न बैंक बित्तिय संघसंस्थाहरुसँग निरन्तर समन्वय सहकार्य गर्दै आईरहेका छौं । आज जडान भएका लाईट त्यसैको परिणाम भएको र आगामी दिनहरुमा अन्य चोकहरुमा समेत ट्राफिक लाईट राख्न हातेमालो गर्ने योजना समेत रहेको बताउनु भयो ।







प्रतिकृया