• १२ असोज २०८३, सोमबार
  • ३ः०३ राती

भ्रष्टाचार आरोपमा किर्गिजस्तानका पूर्वप्रधानमन्त्री पक्राउ

प्रकाशित मिति

२०७७ माघ १५ गते, बिहीबार ०६:०१

विश्केक किर्गिजस्तानका पूर्वप्रधानमन्त्री मुखाम्मेदकल्यी अब्यल्गाजीभलाई प्रहरीले पक्राउ गरेको छ। भ्रष्टाचार सम्बन्धी अभियोगमा छानबिनका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

National Life

उनले भ्रष्टाचार गरेका केही प्रमाण भेटिएका र अनुसन्धानको सिलसिला चलिरहेकाले थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।

प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका बेला अब्यल्गाजीभले कानून उलंल्घन गरेको, स्रोत र शक्तिको दुरुपयोग गरेको, राज्यलाई नोक्सान पारेको लगायत आरोप उनलाई लगाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

खनिज स्रोत उपयोग र परिचालनसम्बन्धी निर्णयमा उनले अनियमितता गरेको भन्दै उनीसहित सरोकारवालालाई पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ।

पूर्वप्रधानमन्त्री अब्यल्गाजीभको वैधानिक रुपमा देखिने आम्दानीभन्दा कैयौँ गुणा धेरै आम्दानी देखिएकाले पनि शंका गर्ने आधार बढेको प्रहरी अधिकारीहरुले बताएका छन्।

देशभरि नै उनको धेरै सम्पत्ति भेटिएको र त्यसको आम्दानीको स्रोत र आधार विश्वासिलो नभएको पाइएको छ।

उनी किर्गिजस्तानको प्रधानमन्त्रीको रुपमा सन् २०१८ को अप्रिल २० तारिखका दिन नियुक्त भएका थिए। उनले झण्डै दुई वर्षपछि अर्थात् गत सन् २०२० को जुन १५ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।-एजेन्सी

प्रतिकृया