• ९ असोज २०८३, शुक्रबार
  • ४ः५१ बेलुका

‘संसद्लाई मार्ने कार्यकारी होइनन्’

प्रकाशित मिति

२०७७ माघ १४ गते, बुधबार ०९:०८

काठमाडौं:सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइका क्रममा कानुन व्यवसायीहरूले प्रधानमन्त्रीसँग विघटन गर्ने अधिकार नरहेको तर्कसहित बहस गरिरहेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा कानुन व्यवसायीले प्रतिनिधिसभा विघटनको व्याख्या र प्रधानमन्त्रीको अधिकारका विषयमा प्र्रश्न उठाएका हुन्। मंगलबार बहसका क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री राजा भएर आएमात्रै विघटनमा आफ्नो परमाधिकार दाबी गर्न पाउने तर्क गरे। उनले सोमबार बहस सुरु गरेका थिए। कहींकतै अधिकार नभएको संविधानको धारामा टेकेर विघटन गरी प्रधानमन्त्रीले प्रतिनिधिसभा मारेको थापाको तर्क छ।

National Life

वरिष्ठ अधिवक्ता थापाले विघटनको अधिकार श्रीपेचसँग मात्र भएको, सार्वभौमसत्ता जनतामा भनिएको अवस्थामा प्रधानमन्त्रीसँग नभएको तर्क गरे। थापाले दुई दिनसम्म करिब ४ घण्टा प्रतिनिधिसभाको विघटन अवस्था र प्रधानमन्त्रीले सर्वोच्चमा पठाएका लिखित जवाफमा आधारित रहेर बहस गरे।

लिखित संविधानमा विघटन भन्ने शब्द नै नभएको उनले तर्क गरे। वरिष्ठ अधिवक्ता थापाले प्रधानमन्त्रीले बुझाएको लिखित जवाफमा टिप्पणी गर्दै विघटन गर्न कुनै कार्यकारी अधिकार नभएको दाबी गरे। ‘कार्यकारीभन्दा प्रतिनिधिसभा अलग्गै संस्था हो। प्रधानमन्त्रीले जनतालाई शासन गर्ने कार्यकारी अधिकारको प्रयोग गरेर हो तर संसद्लाई मार्ने काम कार्यकारी होइन,’ उनले भने।

Classic Tech Mobile
Classic Tech Desktop

पार्टीभित्रैबाट घेरिएकाले प्रतिनिधिसभा विघटन गरिएको लिखित जवाफको प्रसंग कोट्याउँदै थापाले २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई पनि आफ्नै नेताबाट घेरिएको बताए। प्रधानमन्त्रीलाई आफ्ना कार्यकर्ताले घेरेको पहिलोपटक नभएको र त्यसलाई आधार मानेर विघटन गर्न नपाइने तर्क थापाको थियो। नागरिक दैनिकबाट

 

प्रतिकृया