• १० असोज २०८३, शनिबार
  • ११ः३४ राती

फेसबुकले बेलायतमा प्रयोगकर्तालाई समाचार दिने, मिडिया हाउसलाई पैसा

प्रकाशित मिति

२०७७ माघ १४ गते, बुधबार ०८:५६

लन्डन: सामाजिक सञ्जाल फेसबुकले बेलायतमा पनि आफ्नो नयाँ फिचर फेसबुक न्युज लञ्च गरेको छ। संयुक्त राज्य अमेरिकापछि फेसबुकले बेलायतमा फेसबुक न्युज सुरू गरेको हो।

National Life

एन्ड्रोइड र आइएसओमा उपलब्ध फेसबुक न्युजमा अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय गरी सयौं मिडिया हाउसका समाचार पढ्न सकिन्छ।

फेसबुकबाट समाचार थाहा पाउनेहरूका लागि यो केन्द्रीत छ। सन् २०१९ मा फेसबुकले यस्तो सेवा अमेरिकाका केही भागमा परीक्षण गरेको थियो। जुन २०२० मा अमेरिकाभरि नै फेसबुक न्युजको सेवा सुरू गरिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

फेसबुक न्युजमा आएका समाचार प्रयोग गरेबापत् उसले मिडिया कम्पनीहरूलाई पैसा तिर्नेछ। गत वर्ष अमेरिकामा सुरू भएको फेसबुक न्युजका कारण आम्दानी र पाठक/दर्शक बढेको अमेरिकी मिडिया हाउसको अनुभव छ।

गत वर्ष फेसबुकले ब्राजिल, फ्रान्स, जर्मनी र भारतमा फेसबुक न्युज सुरू गर्ने बताएको थियो। अब छिटै फ्रान्स र जर्मनीमा यो सेवा सुरू हुने बताइएको छ।

बेलायती प्रयोगकर्ताका लागि फेसबुकले द गार्डियन, द इकोनोमिस्ट, द इन्डिपेन्डेन्टजस्ता अन्तर्राष्ट्रिय ख्यातिप्राप्त मिडियासँगै अरू दर्जनौं मिडिया हाउससँग सम्झौता गरेको छ।

अहिले फेसबुक न्युजले कोरोनाभाइस महामारीसँग सम्बन्धित समाचार र फिचरहरूलाई बढी जोड दिइरहेको छ। एजेन्सी

प्रतिकृया