• ९ असोज २०८३, शुक्रबार
  • २ः५९ दिउँसो

प्रधानमन्त्रीविरुद्ध कञ्चनकृष्ण र कुमारले हाले अपहेलना मुद्दा

प्रकाशित मिति

२०७७ माघ १३ गते, मंगलवार ०३:४८

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको अपहेलना मुद्दा दर्ता भएको छ।

National Life

अधिवक्ता कञ्चनकृष्ण न्यौपानले र वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले मंगलबार अवहेलनासम्बन्धी छुट्टाछुट्टै रिट दर्ता गरेका हुन् ।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संसद् विघटनविरुद्धको मुद्दामा बहस गर्न जाँदा प्रधानमन्त्री ओलीले गरेको टिप्पणीप्रति रिटमा आपत्ति जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

माघ ९ गते काठमाडौंको बबरमहलस्थिगत कार्की ब्याङ्केटको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बाजे वकिललाई सर्वोच्च लगेर ‘तमासा’ देखाएको टिप्पणी गरेका थिए ।

उक्त टिप्पणीप्रति आपत्ति जनाउँदै अधिवक्ताद्वयले मंगलबार रिट दायर गरेका हुन् ।

अधिवक्ता न्यौपानेले वरिष्ठ अधिवक्ता र अधिवक्तालाई अमर्यादित भाषामा गाली गरेकाले अपहेलना मुद्दा दर्ता गरेको जानकारी दिए ।

प्रतिकृया