• ९ असोज २०८३, शुक्रबार
  • ८ः०९ राती

ओलीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसको आपत्तिः ओलीको बर्बराहट रहेको निष्कर्ष

प्रकाशित मिति

२०७७ माघ १२ गते, सोमबार ०४:०३

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी हुन्’ भन्ने अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ।

National Life

सोमबार विज्ञप्ति जारी गर्दै कांग्रेसले फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु हरकोहीको नैसर्गिक अधिकार भएकोसमेत स्पष्ट पारेको छ।

विज्ञप्तिमार्फत भनिएको छ, ‘प्रधानमन्त्रीको यो अभिव्यक्ति अलोकतान्त्रिक त छ नै यसले उहाँमा रहेकोे अधिनायक आकांक्षालाई थप उजागर गरेको छ। कुनै पनि रंग र स्वरुपको अधिनायकवादविरुद्ध संघर्षमा उभिनु चाहिँ देशभक्तहरुको जिम्मेवारी, कर्तव्य र पहिचान हो भन्नेमा नेपाली कांग्रेस प्रष्ट छ।’

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै कांग्रेसले सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ को संज्ञा दिनु अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न भएको बताएको छ। विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सम्मानित र पाका अधिवक्ताको अपमान सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान हो। आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नू, प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति हो भने पूर्व प्रधानन्यायाधीशहरुलाई ‘अजासु’ भनेर टिप्पणी गर्नु अभिव्यक्ति स्वतन्त्रता विरुद्धको बर्बराहट हो।’

‘आफ्नो कदमविरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने कर्ममार्फत उहाँले तिनको भन्दा बढी आफ्नै मर्यादित जिम्मेवारीको अमर्यादित ढंगले अपमान गरिरहनु भएको छ।’ विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले संसद विघटनको असंवैधानिक कदमविरुद्ध देशव्यापी रूपमा उठेका विरोधका स्वरहरुलाई देश विरोधी, देशद्रोही भनेर गैह्र जिम्मेवार ढंगले लान्छित नगर्न र समाजको कुनै पनि वर्ग, पेशा, समुदायलाई लान्छित र अपमानित गर्ने ढंगले अभिव्यक्ति नदिन प्रधानमन्त्रीजीलाई नेपाली कांग्रेस कडा चेतावनी दिएको छ।

 

प्रतिकृया