• ३ साउन २०८३, आइतबार
  • ४:४३ बेलुका

इमान्दारीपूर्वक काम गर्ने हो भने सफलता नजिकै छः इन्स्पेक्टर विष्ट

प्रकाशित मिति

२०७७ माघ ११ गते, आईतवार ०५:३८

२०७० सालको प्रहरी निरीक्षक इन्स्पेक्टर पदबाट नेपालको महत्पूर्ण सुरक्षा अंगमध्येको एक नेपाल प्रहरीको सेवामा आफ्नो जागिर सुरु गरेका एक इमान्दार र कर्तव्यनिष्ठ प्रहरी कर्मचारी हुन् कृष्ण प्रसाद विष्ट । कन्चनपुर जिल्लाको महेन्द्रगरमा जन्मिएका कृष्ण विष्ट २०७० आफ्नो प्रहरी जीवन सुरु गरेका हुन् ।आफ्नो कर्मभूमिमा रमाउने र कामप्रति पूर्ण बफादार रहने इमान्दार सिपाहि हुन् । उनी सुरुवातमा प्रहरी प्रधान कार्यालय हुँदै महानगरी प्रहरी परीसर भक्तपुर आफ्नो १८ महिने सेवा पूरा गरि हाल बागमती प्रदेश मकवानपुर हेटौडा उप–महानगरपालिका–४ स्थित भैरव रोडमा रहेको वडा प्रहरी कार्यालयका प्रमुखका रुपमा कार्यरत छन् ।

आफ्नो मातहमा रहेका प्रहरी कर्मचारीसँग शौहार्दपूर्ण रुपमा कार्यसम्पादन गर्दै सुरक्षा व्यवस्थालाई चुस्त र दुरुस्त बनाउने कार्यमा तल्लिन विष्टले प्रहरी र स्थानीयबीचको समन्वयमा समेत विशेष जोड दिने गरेका छन् । आफ्नो कार्यक्षेत्रमा अहोरात्र खटिएर कार्यक्षेत्रलाई सुरक्षित बनाउन तल्लिन विष्टले मातृभूमि न्यूजसँग कार्यक्षेत्रमा रहेर प्रहरीले निभाउनुपर्ने भूमिका, समाज र प्रहरीबीचको सम्बन्ध र प्राप्त सफलताका विषयमा सोधेका प्रश्नको जवाफ दिएका छन् ।

Kamana Sewa

गत असोज १५ गते यस कार्यलय प्रमुखको रुपमा कार्यभार सम्हालेपछि विष्टले २४ जना बिभिन्न घटनामा फरार रहेका प्रतिवादीहरुलाई निणन्त्रणमा लिन सफल भएका छन् । त्यस्तै गैर कानुनी रुपमा गिट्टी बालुवा ढुवानी गर्ने ५३ बटा सवारी नियन्त्रणमा लिनुका साथै पटक पटक गरी ५०० लिटर भन्दा बढी घरेलु मदिरा फेला पारेर नष्ट गर्ने काम गरेका छन् । यसका साथै भन्सार छलिका सामाग्री, जनप्रतिनिधिसँग मिलेर टोलमा सिसि क्यामेरा जडान, ट्राफिक सचेतना जगाउने काममासमेत आफु र आफु मातहतका प्रहरी कर्मचारी खटिएको उनको भनाई छ ।

Classic Tech Desktop

आफुले उप–महानगरपालिका–४ स्थित भैरव रोडमा रहेको वडा प्रहरी कार्यालयको कमाण्ड सम्हालेपछि कुनै किसिमको अप्रिय घटना नघटेको बताउने विष्टले कोरोना महामारीबाट बच्ने उपाए र अपनाउनु पर्ने सावधानीका विषयमा जनताको घर दैलोमा पुगेर सचेतना गराउने काम गरेको उल्लेख गरे । साथै उनले वडा प्रहरी कार्यलय स्थापनाका लागि जग्गा उपलब्ध गराउन भूमिका खेलेका छन् ।

प्रहरीभित्र पनि सुद्धिकरण र उनीहरुको मनोवल बढाउनु आवश्यक ठान्ने विष्टले आफु मातहतका कर्मचारीलाई हप्तामा एक दिन गेम खेलाउनुका साथै मुड फ्रसका लागि रमाइलो किसिमका योजनाहरुमासमेत धयान आकृष्ट हुँदै आएको बताए । मकवानपुर जिल्ला प्रहरी कार्यालयले हरेक महिनामा प्रदान गर्ने जिल्लाले उत्कृष्ट प्रहरी पुरस्कार वेष्ट पुलिस अफ दि मन्थ पुरस्कारसमेत ४ महिनामा तीन पटक आफु मातहतको वडा प्रहरी कार्यालयमा कर्यरत कर्मचारीले प्राप्त गर्न सफल रहेको उल्लेख गरे ।

 

प्रतिकृया