जेलमा रहेका बिहारका पूर्व मुख्यमन्त्री यादवको अवस्था जटिलः उपचारका लागि दिल्ली लगिदैं
प्रकाशित मिति
२०७७ माघ १० गते, शनिबार ०४:५६
एजेन्सीः जेलमा रहेका राष्ट्रिय जनता दल (आरजेडी)का प्रमुख तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एआइआइएमएस) दिल्ली लगिने भएको छ।
राँचीको अस्पतालमा उउपचार गराइरहेका यादवको अवस्था खराब हुँदै गएपछि दिल्ली लैजान लागिएको प्रेस ट्रस्ट अफ इन्डियालाई उदृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ।
यादव राँचीको राजेन्द्र इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (आरआइएमएस) मा उपचाररत थिए। लालुप्रसादलाई पछिल्ला दुई दिन सास फेर्न कठिन भएको थियो। शुक्रवार उनलाई निमोनिया भएको पुष्टि भयो।
दिल्ली लैजानका लागि यादवका परिवारका सदस्यहरुले एयर एम्बुलेन्सको लागि पहल गरिरहेका छन्। ‘सास फेर्न कठिन भएका कारण उहाँको स्वास्थ्य अवस्था कमजोर भइरहेको छ। सबै रिपोर्ट हेरिसकेपछि के गर्ने भन्ने निर्णय हुनेछ,’ लालुका छोरा तेजश्वी यादवले भने।
एआइआइएमएसका ८ जना चिकित्सकको टोलीले उनका सबै रिपोर्ट अध्ययन गरिरहेका छन्। उनीहरुले त्यसपछि दिने सुझावका आधारमा उनलाई दिल्ली लगिने छ।








प्रतिकृया