• १९:३७ २०८० चैत्र १५ गते
  • 7:37 pm

फेरि चम्किए प्रबल, अमेरिकी उपराष्ट्रपति ह्यारिसले लगाइन् प्रबलले डिजाइन गरेको ड्रेस

प्रकाशित मिति

२०७७ माघ १० गते, शनिबार ०२:३३

302 e1611391582397

काठमाडौे -अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसका लागि ड्रेस डिजाइन गरेर नेपाली मुलका अमेरिकी नागरिक प्रबल गुरुङ फेसन डिजाइनको दुनियाँमा फेरि चर्चामा आएका छन् ।

प्रबलले डिजाइन गरेको ड्रेस लगाएर ह्यारिसले उपराष्ट्रपति पदको सपथ लिएकी छिन् । राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति ह्यारिसले सपथ ग्रहणको विशेष समारोहमा राष्ट्रपति र उपराष्ट्रपति पदको सपथ लिएका थिए ।

ह्यारिसले समारोहमा प्रबलले डिजाइन गरेको कलेजी रंगको ड्रेस लगाएकी थिइन् । पर्पल कलरका कपडा लगाउने प्रचलन अमेरिकी राष्ट्रपति जर्ज वासिङटनको सपथ समारोहदेखि शुरु भएको हो । ह्यारिसले भने पर्पल कलर मिश्रित कलेजी बेरी रंगको ड्रेस लगाएकी थिइन् ।

 

 

303 1 e1611391625572

 

प्रबलले यसअघि पनि ह्यारिसका लागि ड्रेस डिजाइन गर्ने गरका थिए । दक्षिण एसियाली मुलकी भएकीले पनि ह्यारिस र प्रबलको सम्बन्ध विगतदेखि नै निकट रहेको अमेरिकी अखबारहरुले लेखेका छन् ।

हुनत, अमेरिकाका सम्भ्रान्त र चर्चित महिलाका लागि ड्रेस डिजाइन गरिसकेका प्रबलका लागि यो कुनै नयाँ घटना भने होइन । अमेरिकी राष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामा र अमेरिकी कलाकार ओपराह त उनका फ्यान नै हुन् ।

सन् २०१९ मा १०औं वर्षगाँठको अवसरमा प्रबलले “को अमेरिकी हो रु” भन्दै अनौठो प्रश्न पनि गरेका थिए । उनले त्यस अवसरमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीबीच ल्याएको फाटोमाथि व्यङ्ग्य पनि गरेका थिए ।

सिंगापुरमा जन्मेर काठमाडौंमा हुर्के बढेका र अहिले न्यूयोर्कलाई कर्मथलो बनाएका प्रबल अमेरिकी सपना ९अमेरिकन ड्रिम को खोजीमै छन् । ह्यारिसले आफूले डिजाइन गरेको ड्रेस लगाएको देखेर आफू भावुक र गौरवान्वित भएको इल्ली अखबारलाई बताएका छन् ।

नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले पनि प्रबललाइ झण्डै एक वर्षअघि नेपालस्थित अमेरिकी दूतावासमा भेटेको बताउँदै प्रबलले डिजाइन गरेको ड्रेसमा उपराष्ट्रपति ह्यारिस अझै राम्री र उत्कृष्ट देखिनु भएको प्रतिकृया दिनु भएको छ ।

 

 

प्रतिकृया