• २७ भदौ २०८३, शनिबार
  • ५ः५५ बेलुका

ट्वीटरले लक गरिदियो अमेरिकास्थित चिनियाँ दूतावासको ह्यान्डल

प्रकाशित मिति

२०७७ माघ ८ गते, बिहीबार १०:२२

एजेन्सी:सामाजिक सञ्जाल ट्वीटरले अमेरिकास्थित चिनियाँ राजदूतावासको ट्वीटर ह्यान्डल लक गरिदिएको छ।

National Life

चीनको पश्चिमी प्रान्त सिन्जियाङमा सरकारले लिएको नीतिको बचाउमा ट्वीट गरेपछि ट्वीटरले राजदूतावासको ह्यान्डल लक गरिदिएको हो।

उइघुर मुस्लिम बहुल सिन्जियाङमा पछिल्लो समय बेइजिङले लिएको नीतिले मानव अधिकारको गम्भीर उल्लंघन भएको भन्दै पश्चिमा राष्ट्रहरूले आलोचना गरिरहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

केही आलोचकले बेइजिङका अधिकारीहरूले जनसंख्या नबढोस् भनेर उइघुर महिलालाई जबरजस्ती बन्ध्याकरण गरिदिने गरेको बताएका थिए। दूतावासको ट्वीटरमा ‘उइघुर महिलाहरू बच्चा पाउने मेसिन होइनन्’ भनेर उक्त नीतिो बचाउ गरिएको थियो।

medhavibidh lab box ad 5nbm box ad 4
दूतावासले जनवरी ७ मा उक्त ट्वीट गरेको थियो। २४ घन्टापछि ट्वीटरले उक्त पोष्ट नदेखिने बनाएको थियो।

ट्वीटरका एक जना प्रवक्ताले त्यसपछि @ChineseEmbinUS लक गरिएको जानकारी दिए। जनवरी ८ यता उक्त ह्यान्डलबाट कुनै ट्वीट भएको छैन।

दुई साताअघि तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अनिश्चित कालका लागि बन्द गरिदिएको ट्वीटरले दोस्रो पटक राजनीतिक मुद्दामा हात हालेको हो।

चीनमा फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा प्रतिबन्धित छन्। त्यसको साटो उनीहरूले आफ्नै सामाजिक सञ्जाल बनाएका छन्। बाहिरी संसारसँग जोडिन भने चिनियाँ दूतावास र कूटनीतिज्ञले ट्वीटरको सहारा लिएका छन्। संसारका सबै मुलुकमा भएका चिनियाँ दूतावासका ट्वीटर ह्यान्डल छन्।

प्रतिकृया