• २७ भदौ २०८३, शनिबार
  • ६ः४४ बेलुका

लोकसेवाको परीक्षामा घटे उम्मेदवार

प्रकाशित मिति

२०७७ माघ ८ गते, बिहीबार १०:१०

काठमाडौं: लोक सेवा आयोगले लिएको दोस्रो चरणको परिक्षामा परिक्षार्थीहरूको संख्या ह्वात्तै घटेको पाइएको छ। आयोगका अनुसार यस वर्ष आयोगले लिएको दोश्रो चरणको परिक्षामा उत्तीर्ण भएका परीक्षार्थीमध्ये ३३ प्रतिशत मात्र दोश्रो चरणको परिक्षमा सहभागी भएका छन्।

National Life

यसअघि, पहिलो चरणको परीक्षामा सहभागी भएका र उत्तीर्ण भएकामध्ये ९० प्रतिशत भन्दा बढी उम्मेदवार दोस्रो चरणको परीक्षामा सहभागी हुने गर्थे। तर यसपटक त्यस्तो नपाइएको आयोगका सूचना अधिकारी देवी सुवेदीले बताए।

आयोगले करिब ३ सय संख्यामा नायब सुब्बा पदमा २०७६ फागुनमा पहिलो चरणको परिक्षा लिएको थियो। त्यसपछि कोभिड १९को महामारीका कारण परीक्षा स्थगित गरियो। दोस्रो चरणको परीक्षा २०७७ माघ २ गते सकियो। तर यो परीक्षामा पहिलो चरणको परीक्षमा सहभागी भई उत्तीर्ण भएकामध्ये ३३ प्रतिशत मात्र दोस्रो चरणको परीक्षामा सहभागी भएका छन् । नागरिक दैनिकबाट

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया