अमेरिकाको ४६ औँ राष्ट्रपतिमा जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले लिए सपथ
प्रकाशित मिति
२०७७ माघ ८ गते, बिहीबार ०८:०६

एजेन्सीः अमेरिकाको ४६ औँ राष्ट्रपतिको शपथ डेमोक्रेट नेता जो बाइडेनले लिएका छन् ।
राजधानी वासिंगट डिसीमा भएको विशेष समारोहमा बाइडेनले राष्ट्रपतिको शपथ लिएका हुन् ।
१२७ वर्ष पुरानो आफ्नो पारिवारिक बाइबलमा हात राखेर शपथ लिएका ७८ वर्षीय बाइडेन अमेरिकी इतिहासमै सबैभन्दा पाको उमेरमा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने नेता बनेका छन् ।
कडा सुरक्षाबीच सम्पन्न शपथ समारोह, बाइडनसँग पराजित निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने बहिष्कार गरे ।
ट्रम्प कार्यक्रममा सहभागी नभए पनि उपराष्ट्रपति माइक पेन्स भने सहभागी हुनुभयो । ट्रम्पलाई भने शपथ समारोह हुनु केही घण्टा पहिले बिदाई गरिएको थियो ।
यसैगरी, कमला ह्यारिसले उपराष्ट्रपति पदको शपथ लिइन्। ह्यारिसले उपराष्ट्रपति बन्ने पहिलो महिला एवं पहिलो अश्वेत महिला बनेर इतिहास रचेकी छन् ।
गत नोभेम्बर ३ मा सम्पन्न निकै विवादित निर्वाचनमा ऐतिहासिक मतका साथ बाइडेनले बहालवाला राष्ट्रपति ट्रम्पलाई ३०६–२३२ इलेक्टोरल कलेज मतले पराजित गरेकी हुन्।
इलेक्टोरल र लोकप्रिय दुबै मतबाट पराजीत ट्रम्पले भने हार अस्वीकार गर्दै आफ्ना अन्ध समर्थकहरुलाई संसद भवनमा हिंसात्मक आक्रमण गर्न उक्साएपछि ह्वाइटहाउसबाट बाहिरिँदै गर्दा निकै आलोचित बनेकी छन् ।
दुई हप्ताअघिको उक्त घटनामा ट्रम्पका उत्तेजित भीडले गरेको आक्रमणमा परी एक प्रहरी अधिकारीसहित पाँच जना मारिएका थिए । संसद भवनमा आक्रमण गराएपछि ट्रम्पमाथि अमेरिकी इतिहासमै दोस्रोपटक महाअभियोग लागेको छ ।
३६ वर्षसम्म डेलावरबाट सिनेटर रहनुभएका बाइडनले बाराक ओबामा प्रशासनमा ८ वर्ष उपराष्ट्रपति बनेका थिए ।
सबै अमेरिकीको राष्ट्रपति बन्ने र सबैका लागि काम गर्ने तथा विभाजित देशलाई एकतावद्ध गर्ने बताउँदै आउनु भएका बाइडन तेस्रो प्रयासमा राष्ट्रपति बन्न सफल भएका हुन् ।
प्रतिकृया