हामी प्रधानमन्त्रीका लागि मरिहत्ते गर्दैनौं- दाहाल
प्रकाशित मिति
२०७७ माघ ७ गते, बुधबार ०१:२९
काठमाडौँ– विभाजित नेकपा अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री र पार्टीको मूल नेतृत्वमा दुई कार्यकाल भन्दा बढी हुन नपाइने विषयमा ‘राजनीतिक समीक्षा’ गर्ने बताएका छन् ।
‘यही समूहले त्यो प्रणाली बसाउँछ’ दाहालले बुधबार बिहान सम्पादकहरुसँगको अन्तर्क्रियामा भने, ‘हामी प्रधानमन्त्रीका लागि मरिहत्ते गर्दैनौं । यतिखेर त्यति भन्दा बढी ब्याख्या गर्दिन ।’
दाहाल नेपाल खेमामै यतिखेर तीन पूर्व प्रधानमन्त्री छन् । जसमा दाहाल दुई पटक र माधवकुमार नेपाल र झलनाथ खनाल एक एक पटक प्रधानमन्त्री भइसकेका व्यक्ति हुन् ।
दाहाल र नेपालले बुधबार सम्पादकहरुसँग पार्टी विभाजनदेखि प्रतिनिधि सभा पुनर्स्थापनासम्म छलफल गरेका थिए ।
आन्दोलन हिंसात्मक हुन सक्ने उनैको चेतावनीका सवालमा दाहालले भने, ‘मुलुक दुर्घटनामा जाँदा आवेग, आक्रोश र चिन्ता व्यक्त गर्न खोजिएको हो । त्यसरी हिंसात्मक भनेको होइन ।
माधवकुमार नेपालसँगको गठबन्धन टिकाऊ सन्दर्भमा दाहालले ‘विचार र विधिमा एकता भएको हुँदा अलि परै जान सक्ने’ टिप्पणी गरे । उनले भने, ‘ओलीसँग पनि व्यक्तिगत दुश्मनी होइन । विचार, आदर्श, विधि र पद्धति मिचेपछि यस्तो स्थिति पैदा भएको हो ।’
उनले सत्ता प्राप्तिका निम्ति केपी शर्मा ओली ‘जस्तो सुकै’ सम्झौता गर्न तत्पर जिकिर गर्दै आलोपालो सम्झौता पनि उल्लंघन गरेको दाबी दाहालको थियो । उनले भने, ‘मैले बिग्रेला कि भन्ने चिन्ताले सहिरहेँ, तर परिणाम राम्रो भएन ।’
उनले ओलीसँग फेरि तत्काल सम्झौता या एक हुने सम्भावना नरहेको बताए । उनले भने, ‘ओलीजी पश्चाताप वा आत्मालोचना गर्नेतिर देखिनुहुन्न ।
उहाँ कुर्सी भाँच्न र घरै जलाउन उद्यत हुनुहुन्छ । त्यसकारण तत्काल एक हुने सम्भावना छैन ।’






प्रतिकृया