हेर्नोस् त मलाई जेल कोच्ने ओलीको कत्रो षडयन्त्र थियो – नेपाल
प्रकाशित मिति
२०७७ माघ ७ गते, बुधबार ०१:२५
काठमाडौँ– विभाजित नेकपा अध्यक्ष माधवकुमार नेपाल उनले आफूलाई प्रधानमन्त्रीले ओलीले जेल कोच्ने षडयन्त्र गरेको बताए ।
नेकपा विभाजनपछि एक समूहले अर्को समूहविरुद्ध गाली गलौज गर्ने क्रम तीव्र छ । त्यसमा
माधवकुमार नेपाल चाहिँ ‘वाध्यतावश’ त्यसो गर्नुपरेको उल्लेख गर्छन् । उनी भन्छन्, ‘दुर्वाच्य बोल्न उछिनँ पाछिन गरेको विषयमा ध्यानाकर्षण भएको छ । अनि लोकतान्त्रिक चरित्र प्रदर्शन गर्नेमा दुवै उस्तै हो भन्ने भान परेको छ ।’
‘हेर्नुस् कस्तो गाह्रो छ’ नेपालले भने, ‘त्यो मोरङ कलेजमा पढ्ने त्यो ठेट्ना र जागिरे केटो भनी केपी ओली बोलिरहन्छन् । त्यसमा केही जवाफ दिँदा कस्ता रद्दी मानिस रहेछन् भन्नै पर्ने हुन्छ ।’
‘हेर्नोस् त मलाई जेल कोच्ने कत्रो षडयन्त्र भएको थियो, त्यो ललिता निवास काण्डमा’ उनले भने, मेरो राजनीतिक जीवन सिध्याउने खेल रचिएको थियो ।
केपी ओली पूरै बदला भावना हुनुहुन्छ, कसैले चुनौति दियो भने सिध्याउन खोज्नुहुन्छ । त्यहीकारण आलोचना गर्नेहरुलाई साइबर सेना लगाउनुहुन्छ ।’






प्रतिकृया